काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एघारौँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले आफूले महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई सघाउने निर्णय गरिसकेको जनाए।
उनले भने ‘महासचिवको जिम्मेवारी सम्हालेको नाताले अब उक्त पदमा दाबी नगरेर अध्यक्षबाहेकको उपाध्यक्ष पद लिन तयार छु।’


