शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 1 min read
0
पोखरा सहकारीका सञ्चालकहरू रकम फिर्ता गर्ने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । करिब ८९ करोड रुपैयाँ हिनामिनाको आरोपमा पक्राउ परेका पोखरा सहकारीका सञ्चालक तथा पदाधिकारीहरू रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर छुटेका छन्। कात्तिक १९ गते पक्राउ परेका उनीहरू घरजग्गा र नगद बुझाएर छुटेका हुन् ।

प्रहरी हिरासतमा रहेका सञ्चालकहरूले करिब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति (घरजग्गा र चेक) ग्यारेन्टी स्वरूप राखेर ३ देखि ४ महिनाभित्र बचतकर्ताको रकम फिर्ता गर्ने प्रतिबद्धता जनएका छन् ।

रकम फिर्ता गर्ने सहमतिपछि उनीहरूलाई आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी गराए । ठगी मुद्दामा प्रहरीले १ वर्षसम्म अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था भए पनि निक्षेपकर्ताको रकम फिर्तालाई प्राथमिकता दिँदै प्रहरीले उनीहरूलाई हदम्याद तोकेर छाडेको हो । प्रहरीका अनुसार आरोपीहरूले २५ करोड रुपैयाँ बराबरको घरजग्गा देखाएका छन् भने ४ करोड रुपैयाँको चेक ‘समन्वय समिति’ लाई बुझाएका छन् । हदम्यादभित्र रकम फिर्ता गरेमा उनीहरू विरुद्ध मुद्दा नचलाइने पाण्डेले जानकारी दिए । तर, तोकिएको समयसीमाभित्र रकम फिर्ता नभएमा पुनः पक्राउ गरी ठगी मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले ८९ करोड हिनामिना भएको वित्तीय विश्लेषण प्रतिवेदनसहित प्रहरीमा जाहेरी दिएपछि सहकारीका मुख्य पदाधिकारीहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्रबहादुर गोदार, उपाध्यक्ष: शम्भुराज बास्तोला, प्रबन्धक भीष्मप्रसाद गुरुङ, सचिव दिलबहादुर केसी खत्री, कोषाध्यक्ष तथा ऋण संयोजक हिरामणि दाहाल, पूर्वसचिव: इन्द्रप्रसाद द्वा र सञ्चालक सदस्य दोर्जे तामाङ छन् । प्रहरी, बचतकर्ता र पक्राउ परेकाहरूबीच समन्वय गर्न समिति बनेको छ ।

समितिका संयोजक गुन्जमान गुरुङले जेलमा थुनेर मात्रै रकम नउठ्ने विगतको उदाहरणका कारण समन्वय गरिएको बताए । `केहि बचतकर्ताले जाहेरी दिनुभएको छ । उहाँहरूसँग हामी सल्लाहमै छौँ,´ उनले भने, `सञ्चालकलाई जेल कोचेर मात्र पैसा फिर्ता आउँदैन भन्ने विगतको अनुभवले देखायो । त्यसैले हामीले रोडम्याप बनाएर अघि बढ्दैछौँ ।´ अहिले २७ करोडको जग्गा र ४ करोड क्यास (चेक) सुरक्षण गरिएको उनले बताए । Nabil bank सहकारीको समस्या समाधानका लागि ५२ भन्दा बढी सञ्चालक समिति सदस्य र ६ सयभन्दा बढी ऋणीहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने अवस्था छ ।

प्रहरीका अनुसार, ५–७ हजार रुपैयाँ ऋण भएका साना ऋणीहरू समेत मुद्दाको दायरामा पर्ने देखिन्छ । यद्यपि, ऋणीहरूले पनि ऋण तिर्ने प्रतिबद्धता जनाएकाले वातावरण केही सहज बनेको सहजीकरण समितिले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

१२ घण्टा अगाडि
जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक