काठमाडौं – नेपालमा जनचेतनामूलक कार्यक्रम गर्दै ३८ औँ विश्व एड्स दिवस मनाइएको छ। ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो।
एड्सबाट बच्ने सन्देश प्रवाह गर्दै एचआइभी सङ्क्रमित व्यक्तिहरूलाई बाँच्ने हौसला प्रदान गर्ने तथा यस सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिलाई स्मरण गर्ने अवसरका रूपमा हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ।
३८ औँ अन्तर्राष्ट्रिय एड्स दिवसका अवसरमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकारमा क्रियाशील ‘मायाको पहिचान नेपाल’ ले सोमबार साँझ माइतीघरमा दीपप्रज्वलन गरेको छ। एचआइभी/एड्स लागेर दिवङ्गत भएका विश्वभरका व्यक्तिहरूको सम्झनामा यो दिवस मनाउने गरिएको छ।
३८ वर्षअघि एचआइभी/एड्सबारे रहेको नकारात्मक धारणा, लाञ्छना र जोखिम कम गर्नका लागि मानिसहरू एकजुट भएर विश्व एड्स दिवस मनाउने चलन रहेको संविधानसभाका पूर्वसदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले बताए।
नेपालसहित विश्वभर रहेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा रहेको जोखिमतालाई अझै कम गर्नुपर्ने उनले उल्लेख गरे। “एचआइभी/एड्स हराएर गइसकेको छैन। अहिले अमेरिकी सरकारका स्वास्थ्यसम्बन्धी सबै अनुदानहरू बन्द भएको अवस्थाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सुईद्वारा लागू औषध सेवन गर्नेहरू, यौनकर्मीहरूलगायतका अत्यावश्यक सेवाहरू बन्द भएका छन्,” माइतीघरमा दीपप्रज्वलनपछि पन्तले भने,“यसले जोखिमता बढाएको छ। एचआइभी सङ्क्रमण बढ्दो छ भन्ने चिन्तासहित अब नेपाल सरकारले नै अत्यावश्यक रोकथामका उपायहरू, सामग्रीहरू आफ्नो जिम्मामा लिएर नागरिकलाई बचाउन अग्रसर हुनुपर्छ भन्ने माग हामी राख्न चाहन्छौँ।”
पछिल्लो एक तथ्याङ्कले नेपालमा ३४ हजार ३३७ व्यक्तिमा एचआइभी सङ्क्र


