काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुन्धान आयोगले महानिर्देशक अधिकारीलाई पक्राउ गरेको हो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी विषयमा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी गराएकाे छ । उनलाई आजै म्याद थपका लागि विशेष अदालत लगिने बताइएको छ ।


