काठमाडौं । गत शनिबारको दिन भक्तपुर दरबार स्क्वायरमा बृहत चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सो प्रतियोगितामा १३ वटा बिधालयको ४० जना बिधार्थीको सहभागिता रहेको थियो। सोहि कार्यक्रमका आयोजक लायन्स क्लबले रक्तदान कार्यक्रम पनि संचालन साथै क्यान्सर सम्बन्धित जन चेतना कार्यक्रम पनि गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाको वडा कार्यालय वडा नं ३ का वडा अध्यक्ष श्री राज कृष्ण गोराको प्रमुख अतिथ्यमा समापन गरिएको थियो। कार्यक्रम सभापतित्व क्लबको अध्यक्ष लायन् बद्रि कुमार दाहालले कार्यक्रममा सहभागी बिधालय र बिधार्थीहरुलाई प्रमाण पत्र र मायाको चिनोले सम्मान गरेका थिए।
साथै लायन्स अन्तराष्ट्रिय ३२५ के नेपालको जोन २४ का चीयरपर्सन लायन् राजिब श्रेष्ठले अगामी दिनमा अझ सकरात्मक तवरले समाजमा लायन्सले कार्यक्रमहरु ल्याउने र बिधालयहरुको सहकार्यको लागि अनुरोध गरेका थिए। कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालको डिपार्टमेंट को-चिफ लायन् राजेन्द्र महर्जन र डिस्ट्रिक्ट ए.ओ.जी लायन् मचाकाजी महर्जनको उपस्थिती रहेको थियो।
कार्यक्रममा बिजेता बिधार्थी पहिलो दोस्रो र तेस्रो हुने सहभागीलाई बिशेष सम्मान प्रदान गरिएको थियो।


