काठमाडौं । राष्ट्रिय नाचघरमा ‘धीरज राई एकल कन्सर्ट’ आयोजना हुने भएको छ । पपगायक राईको सांगीतिक करिअर ३० वर्ष पुगेको छेकोमा कार्यक्रम हुन लागेको हो ।
लायन्स क्लब अफ एभरेस्ट बुद्ध जन्मभूमीले शुक्रबार, ८ फागुनमा कन्सर्ट आयोजना गर्न लागेको हो । ८५० जना सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा व्यवसायी सञ्जय खेतान, व्यवसायी, बार एसोसिएसनका पदाधिकारी, नगर प्रमुखहरू, डिस्ट्रिक्ट गभर्नरसहितका लायन्स पदाधिकारी सहभागी हुने अपेक्षा गरिएकाे छ ।
उनको संगीत शैली परम्परागत नेपाली संगीत र समकालीन पप र रक तत्वहरूको एक अद्वितीय मिश्रण हो, जसले गर्दा उनको संगीतले व्यापक श्रोतालाई आकर्षित बनाउँछ । उनका गीत प्रायः प्रेम, आशावाद र जीवनको उत्सवका विषयवस्तुमा केन्द्रित हुन्छन् ।
उनका चर्चित गीति एल्बममा प्रेमी, पृथक, फ्रिडम र बुद्ध बोर्न इन नेपाल छन् । उनका चिनिएका गीतहरूमा “तिमी रुँदा’, “मिस्ट्रियस गर्ल’, “तिम्रा नयन’, “शेक इट शेक इट’ र “हिमाल नझुके सम्म’ का अनप्लग्ड संस्करण समावेश छन् । प्रशंसक उनलाई ‘स्टेज किङ’ पनि भन्छन् । राईले “बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने सन्देशलाई प्रवर्धन गर्न र देशका सम्पदाको वकालत गर्न विश्व भ्रमण पनि गरेका छन् ।
राईका गीतहरू सुन्नुहोस :


