काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले जनकपुर बोल्टसलाई जितका लागि १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको हो। आजको खेलमा जनकपुरलाई ‘प्लेअफ’ को गणितीय संभावना कायम राख्न पनि जित्नै पर्ने दबाब रहेको छ।
चितवनलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याउने क्रममा ओपनर डेविड मलानले ८० रन र अर्का ओपनर अर्जुन साउदले ५२ रन बनाए।
यी दुईबिच पहिलो विकेटका लागि १ सय १२ रनको साझेदारी भएको थियो। मध्यक्रममा ब्याटिङका लागि आएका कप्तान कुशल मल्लले १४ बलमा ३० रनको अर्धशतकीय अविजित इनिङ खेले। जनकपुरका लागि मज सदाक, अनिल साहा, रुपेश सिंह र जन निकोल लोफ्टाइ इटोनले १-१ विकेट लिएका थिए।


