बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

५ हजारभन्दा बढी भारतीय श्रद्धालु भक्तजन लिए निःशुल्क सेवा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
५ हजारभन्दा बढी भारतीय श्रद्धालु भक्तजन लिए निःशुल्क सेवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा  जनकपुरधाममा यस वर्ष पनि भव्य निःशुल्क सेवा शिविर अत्यन्तै प्रभावकारी भएको छ ।
विवाह पञ्चमीको अवसरमा नेपाल तथा भारतबाट आएका हजारौँ श्रद्धालु भक्तजनलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले मानवता, सेवा र सीमा–पार मित्रताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको हो ।

श्रद्धालु भक्तजनको ठूलो भीडलाई मध्यनजर गर्दै गत मंगलबार बिहान ६ः३० बजेबाट चिया–बिस्कुट वितरण गर्दै शिविरको औपचारिक सुरुआत गरिएको थियो । बिहान ६ बजे देखि ९ बजेसम्म करिब ५,००० श्रद्धालुलाई चिया–बिस्कुट सेवा प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

त्यसपछि बिहान ९ बजे देखि १ बजेसम्म पहिलो चरणमा ३,२०० जना श्रद्धालुलाई खाजा वितरण गरिएको थियो । दिउँसो २ः३० देखि ५ः३० बजेसम्म दोस्रो चरणमा २,५०० श्रद्धालुलाई खाजा सेवा दिइएको थियो । यसरी एकैदिन ५,७०० भन्दा बढी श्रद्धालुले निःशुल्क खाजा सेवा प्राप्त गरेका छन् ।

२५०० जनाले पाए निःशुल्क प्राथमिक उपचार

सेवामूलक शिविर अन्तर्गत बिहान ९ः३० बजेदेखि साँझ ६ बजेसम्म प्राथमिक उपचार सेवा निरन्तर सञ्चालन गरिएको थियो । गर्मी, थकान, रक्तचाप, घाउचोट, ज्वरो, चक्करजस्ता समस्याबाट पीडित करिब २५०० श्रद्धालुले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्यकर्मीहरूको टोलीले औषधि, प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।

११ः३० बजेसम्म ३ हजारभन्दा बढी सेवाग्राही

नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झाले जानकारी दिँदै बिहान ११ः३० बजेसम्ममै ३,००० भन्दा बढी श्रद्धालुले शिविरको सेवा लिइसकेको बताए ।

उनले भने, “विवाह पञ्चमी केवल धार्मिक पर्व मात्र होइन, यो सेवा, सद्भाव र मानवताको महोत्सव पनि हो। नेपाल र भारतका श्रद्धालुहरूलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले हामीले प्रत्येक वर्षझैँ यस वर्ष पनि निःशुल्क सेवा शिविर सञ्चालन गरेका हौँ।”

डा. झाले थपे, “श्रद्धालुहरूलाई खानेकुरा, प्राथमिक उपचार, पिउने पानी र आवासको सुविधा उपलब्ध गराउनु हाम्रो सामाजिक दायित्व हो।”

१,००० भन्दा बढी यात्रुका लागि निःशुल्क आवास व्यवस्था

यस वर्षको सेवा शिविरको अर्को महत्त्वपूर्ण पक्ष भनेको १,००० भन्दा बढी श्रद्धालुका लागि निःशुल्क आवास व्यवस्था गरिएको हो। क्लोथ बैंक नेपालकी कोषाध्यक्ष रूबी झाले जनकपुरधाममा भारतका बिहार, उत्तर प्रदेश, झारखण्ड, मध्यप्रदेश लगायत विभिन्न स्थानबाट आएका तीर्थयात्रीहरूका लागि दुई दिनसम्म निःशुल्क बसोबासको व्यवस्था गरिएको जानकारी दिइन् ।

उनले भनिन्, “श्रद्धालुहरू खुला आकाशमुनि सुत्न नपरोस् भन्ने उद्देश्यले आवासको व्यवस्था गरिएको हो। भोजन, पानी, औषधि र आवास सबै सेवा पूर्णरूपमा निःशुल्क छन्।”

२५ जना स्वयंसेवक दिनरात सेवा अभियानमा

शिविर सञ्चालनमा २५ जना स्वयंसेवक दिनरात खटिएका थिए । उनीहरू चिया–बिस्कुट वितरण, नास्ता सेवा, प्राथमिक उपचार, पानी वितरण, आवास व्यवस्थापन र व्यवस्थापकीय काममा सक्रिय थिए ।

सेवा शिविरमा प्रदेश सह–संयोजक दीपक यादव, कृष्ण कुमार साह, धनेश्वर ठाकुर, संजीव झा, उपाध्यक्ष शैलेन्द्र झा, कोषाध्यक्ष रूबी झा, बाल अभियानी आदित्य झा, सहयोगी अजीत झा, समाजसेवी श्याम झा, राष्ट्रिय मुक्ति पार्टीका अनुशासन प्रमुख सञ्जय सिंह, स्वास्थ्यकर्मी दिलीप मिश्र लगायत दर्जनौँ सामाजिक अभियन्ताहरू सक्रिय थिए ।

शिविर विभिन्न दाता, शुभचिन्तक तथा समाजसेवीहरूको आर्थिक सहयोगबाट व्यवस्थापन गरिएको थियो ।

यस सेवामा योगदान गर्ने प्रमुख दाताहरूमा कैलाश जैन, प्रमोद चौधरी, नूतन झा, दिपेन्द्र झा, अजय साह, मुकुन्द चौधरी, शम्भु श्रीवास्तव लगायत रहेका छन्।

हरेक वर्ष रामनवमी, परिक्रमा र विवाह पञ्चमीमा सेवा शिविर

नेपाल–भारत खुला सीमा संवाद समूहले रामनवमी, परिक्रमा र विवाह पञ्चमी जस्ता ठूला धार्मिक पर्वहरूमा प्रत्येक वर्ष निरन्तर रूपमा निःशुल्क सामाजिक सेवा शिविर सञ्चालन गर्दै आएको छ। संस्थाले विगतका वर्षहरूमा पनि भोजन, वस्त्र, स्वास्थ्य, पानी तथा आवास सेवा प्रदान गर्दै हजारौँ मानिसको सेवा गरिसकेको छ।

खुला सीमा सीमावर्ती जनताको जीवनरेखा

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

संस्थाका अध्यक्ष डा. राजीव झाले नेपाल–भारतको खुला सीमाबारे स्पष्ट धारणा व्यक्त गर्दै भने, “नेपाल–भारतको खुला सीमा सीमावर्ती जनताको जीवनरेखा (लाइफलाइन) हो। यही सीमामार्फत साँस्कृतिक, धार्मिक, सामाजिक र पारिवारिक सम्बन्ध जीवित छ।”

उनले थपे, “खुला सीमा बन्द गर्न खोज्नु आमजनताको हितविपरीत हुन्छ। व्यापार, रोजगार, तीर्थयात्रा र पारिवारिक सम्बन्ध सबै यही खुला सीमासँग जोडिएको छ। त्यसैले हामी नेपाल र भारतबाट आउने श्रद्धालुहरूलाई सहज सेवा दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्दै आएका छौँ।”

श्रद्धालुहरूको खुलेर प्रशंसा

शिविरबाट सेवा लिने श्रद्धालुहरूले आयोजक संस्थाको खुलेर प्रशंसा गरेका छन्। भारतको मधुबनी, सीतामढी, दरभंगा, समस्तीपुर लगायत स्थानबाट आएका श्रद्धालुहरूले यस्तो व्यापक सेवा अन्यत्र दुर्लभ रहेको बताइरहेका छन्।

एक महिला श्रद्धालुले भनिन्, “हामी टाढाबाट आएका थियौँ, धेरै थकित थियौँ। यहाँ आएपछि चिया, नास्ता, औषधि र आराम सबै एकै ठाउँमा निःशुल्क पाइयो। यसभन्दा ठूलो पुण्य केही हुन सक्दैन।”

साँझ ७ बजेसम्म शिविर सञ्चालन

विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह तथा क्लोथ बैंक नेपालद्वारा सञ्चालन गरिएको यो निःशुल्क सेवा शिविर केवल सामाजिक कार्यक्रम मात्र होइन, मानवता, सेवा भावना, धार्मिक सद्भाव र सीमा–पार सहकार्यको सशक्त प्रतीक बनेको छ। हजारौँ भोकालाई भोजन, बिरामीलाई औषधि, थाकेकालाई विश्राम र आश्रयविहीनलाई आवास प्रदान गर्नु नै यस शिविरको सबैभन्दा ठूलो उपलब्धि हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक