बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकटको एक मात्र निकास निर्वाचन : पूर्वमन्त्री प्रभु साह

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
संकटको एक मात्र निकास निर्वाचन : पूर्वमन्त्री प्रभु साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको जनाएका छन् । भ्रष्टाचारीलाई खबरदारी गर्ने उदेश्यले आज भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने जनाए ।

प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरूपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको उनले जनाए ।

‘जेनजी विद्रोहले यो ब्यवस्थाको अन्त्य खोजेको थियो, भ्रष्टाचारीलाई कारबाही खोजेको थियो । तर यो सुशीलाको सरकारले यो मागनै पूरा गर्न सकेन,’ अध्यक्ष साहले भने, ‘जेनजी बिद्रोहको बलमा सरकारमा जने तर जेनजीलाई थुन्ने, पक्राउ गर्ने उनीहरुको माग पनि पूरा नगर्ने । यो सरकार पुर्णरुपमा असफल भएको छ ।’

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरुको सडकमा जबरजस्त उपस्थिति र चहलपहलपनि नियाल्दा जेन–जी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए ।

‘जेनजी आन्दोलन हुँदा सुशीला देखी कुलमान, ओमप्रकाश, अनिल सिन्हालगायतका छोराछोरी कहाँ थिए ? यिनीहरुका छोराछोरीको के योगदान छ ?’ भन्दै उनले प्रश्न गरे । साहले सरकारमा भएकाहरूलाई जेनजी आन्दोलनप्रति कुनै मोहमाया नभएको टिप्पणी गरे ।

गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआरअनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरुसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।

उनले सुशीला सरकारलाई शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउनमात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए । आजपा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा सम्पन्न भेलामा आजपा सहअध्यक्ष एंव संविधान सभाका सदस्य तिलक थापामगर, संगठन बिभाग प्रमुख त्रिभुवन साह, कार्यालय सदस्य सुधीर यादव, प्रवक्ता चन्द्रभुषण साह लगायतको सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।

यसैगरी भेलाले नरेश खड्गीको अध्यक्षता ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं। २ को क्षेत्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादव, सचीवमा कोशिला कुमारी , सहसचिवमा निर्मला मगर, उषा शर्मा, कोषाध्यक्षमा सुभी धिमाल लगायतका रहेको इन्चार्ज लखिन्द्र साहले जनाएका छन् ।

यसैगरी, आजै काठमाडौंको चौमतिमा गार्मेन्ट ब्यवसायीसँग आजपा अध्यक्ष साहले भेटघाट गरेका छन् । भेटघाटमा उनले सरकारपिच्छेको मनोमानी कर आतंकले नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको बताए । रौतहटको मौलापुर नगरपालिका जस्तै नेपालमा पनि कर फ्री हुनुपर्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

साम्राज्यबादको नाङ्गो नाच बिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा

१० घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक