आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
भौतारिएको समाजवादको यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

खडग पाण्डे
कामको सिलसिलामा म धेरै पटक जुम्ला पुगेको छु। त्यो बेला सुर्खेत–जुम्ला सडक कच्ची र अत्यन्तै जोखिमपूर्ण
थियो। यात्रा गर्नु भनेको साँच्चिकै मृत्यु–मार्ग पार गर्नु जस्तै लाग्थ्यो। सुर्खेतबाट जुम्ला जाँदा प्रियजनसँग यो
भेटनै अन्तिम भेट भएको जस्तो गरी कुरा गरिन्थ्यो। वैकल्पिक विकल्प भनेको नेपालगञ्ज–जुम्ला हवाई यात्रा
मात्र थियो।
एक पटक सडकमार्गबाट जुम्ला पुगेपछि ठूलो झरी पर्‍यो। कालिकोट क्षेत्रमा पहिरो गएर बाटो पूरै बन्द भयो।
हप्तौँसम्म बाटो नखुल्ने भयो। नेपालगञ्ज फर्किने एक मात्र उपाय हवाई यात्रा नै थियो। त्यसैले हामी हरेक
बिहान चाँडै उठ्थ्यौँ, हवाई मैदान पुग्थ्यौँ, र जहाज उड्छ कि उड्दैन भन्ने आशामा घण्टौँ पर्खिन्थ्यौँ।
एयरलाइन्सको काउन्टरमा त्यतिबेला टिकट बिक्री हुँदैनथ्यो। टिकटको व्यवस्था हामी बसेको होटलमार्फत
गर्नुपर्थ्यो। होटलका मानिसहरूका एयरलाइन्ससँग पहुँच हुँदोरहेछन्। त्यसैले हामीले होटल छनोट गर्दा सफाइ
वा सुविधा होइन, हवाई टिकटको पहुँचलाई प्राथमिकता दिन्थ्यौँ।
अनिश्चित यात्रामा कुर्नु भनेको आशा र निराशाको दोभानमा उभिनु हो। समयको गतिको साटो बेचैनीको पारो
बढिरहेको हुन्छ, विशेषतः यात्रा-मार्ग र माध्यम आफ्नो नियन्त्रणभन्दा बाहिरको हुँदा। आफैँलाई निरह महसुस
हुँदै कुर्नुको विकल्प हुँदैन। अन्ततः यात्रा अघि बढोस् भन्ने सानो आशैले मानिसलाई थामेर राख्छ। कुरेर बस्दा
समय अड्किएको जस्तो लाग्छ, मनमा अल्झन र झुःझलाहट बढ्दै जान्छ, प्रत्येक मिनेट घण्टा जस्तै लम्बिन्छ।
एक बिहान हवाई मैदान नजिकको चियापसलमा बसिरहेको बेला एक हुल मानिसहरू आए। म उत्सुकतापूर्वक
उनीहरूलाई हेर्दै बसेँ। चियापसल वरिपरिका मानिसहरू तुरुन्तै उठेर अगाडि हिँडिरहेका एक व्यक्तिलाई
साष्टाङ्ग नमस्कार गर्न थाले। मैले अनुमान लगाएँ, यी पक्कै “ठूला” व्यक्ति हुन्। लुगा–कपडाले सरकारी
कर्मचारीजस्ता लागेनन्। शरीरको बनावट हेर्दा सुरक्षाकर्मी पनि जस्ता देखिएनन्। मनमनै सोचेँ- कतै नेता त
होइनन्? तर उनीहरूको घाटिमा खादा वा माला केही थिएन। खादा–माला नभएपछि नेता हो जस्तो पनि
लागेन। किनकि त्यो भीडमा खादा–माला बिनाको मान्छेलाई नेता हो भन्ने कल्पना नै गर्न सकिँदैन।
बडो सान र रवाफसाथ चिलिमबाट धुवाँ उडाउँदै ती व्यक्ति हवाई मैदानको गेटतिर हिँडे। उनी सहजै गेटभित्र
छिरे। अरू सबैलाई भने सुरक्षाकर्मीले गेटमै रोके। मेरो उत्सुकता झन् बढ्यो। मैले पसलेलाई सोधेँ, “उहाँ को
हो?” पसलेले शान्तसँग जवाफ दिए, “उहाँ त जहाजको टिकट काउन्टरमा टिकट बेच्ने सहायक हुन्।” यो सुनेर म
तीनछक परेँ। एउटा साधारण सहायकलाई यति ठूलो सम्मान देख्दा म अचम्मित भएँ। त्यसबेला मानिसको
व्यवहार शक्तिसँग कसरी जोडिन्छ भन्ने कुरा झन् प्रष्ट सम्झिएँ। सामान्य पदले पनि कहिलेकाहीँ असामान्य
प्रभाव पार्न सक्छ। यो पद-शक्ति-भक्तिको एउटा प्रतिनिधि घटना हो। यस्ता धेरै घटना मैले काठमाडौं,
कञ्चनपुर, झापा, मुगू लगायत स्थानहरूमा देखेको र भोगेको छु।
पदसँग सधैँ शक्ति जोडिएको हुन्छ, र शक्तिले मानिस वरिपरि अस्वाभाविक रूपमा भक्तिभाव सिर्जना गर्छ।
यस्तो भक्तिभावले प्रायः व्यक्तिको वास्तविक क्षमता वा योग्यता नाप्दैन। यो केवल शक्ति र पदको विस्तारमा

आधारित हुन्छ। मान-मर्यादाको आधार पनि धेरैजसो यही शक्तिमै टेकेको हुन्छ। यही कारणले समाजमा पद
पाएका मानिसलाई सहजै मालिकको आसनमा राख्ने ‘सामन्ति सोच हुने गर्दछ। तर त्यस्तो सम्मान प्रायः चेतना,
विवेक वा श्रमको परिणाम हुँदैन, बरु अधिकार र पहुँचका कारण मानिसले झुक्नुपरेको सम्मान मात्र हो।
धेरै मानिस आफैँलाई ‘ठूलो’ देखाउन चाहन्छन्। उनीहरूलाई ज्ञानको गहिराइभन्दा पदको उचाइ मोहक लाग्छ।
विवेकको चमकभन्दा कुर्सीको चमक बढी आकर्षक लाग्छ। चेतनाको निखारभन्दा सत्ताको निखारले उनीहरूलाई
उत्तेजित बनाउँछ। यसैले धेरै मानिसले पद प्राप्त गर्न नै सफलता ठान्छन्। पद पाएपछि आफू स्वतः ‘महत्वपूर्ण’
भएको अनुभूति गर्छन्। अन्ततः यस्तो प्रवृत्तिले क्षमता–आधारित सम्मानभन्दा शक्ति–आधारित संस्कृतिलाई
बलियो बनाइदिन्छ।
हालै म मधेश प्रदेशका मुसहर समुदायका महिलासँग अन्तर्क्रिया गर्दै थिएँ। मुसहर समुदायबाट निर्वाचित
स्थानीय महिला जनप्रतिनिधिको शक्तिलाई उनका जातीय तथा लैङ्गिक पहिचानले ओझेल पारिरहेको मैले
अनुभव गरेँ। जनप्रतिनिधि भएर पनि उनी अन्य समुदायकी महिलाले पाउने सामान्य सम्मानबाट वञ्चित छन्।
अर्ध-सामन्ति समाजमा व्यक्तिको स्थान केवल ज्ञान, क्षमता र चेतनाको स्तरले मात्र निर्धारण हुँदैन; कतिपय
अवस्थामा जातीय पृष्ठभूमि, आर्थिक हैसियत, भौगोलिक स्थान, कुल वा वंशले पनि सामाजिक सम्मान र शक्ति
संरचनामा गहिरो प्रभाव पार्छ। अझै पनि कतिपय मानिसले लिङ्ग, वर्ण वा समुदायको आधारमा शक्ति आर्जन
गरेका छन्। आज ज्ञानेन्द्र शाहलाई राजाको रुपमा देख्न चाहनेहरु उनको क्षमता र योग्यताले होईन उनको
वंसको प्रतिनिधि हैसियतले हो। त्यसैले शक्ति र अवसरको वितरण बुझ्न चेतनासँगै यी बहुआयामिक पृष्ठभूमिको
विश्लेषण अनिवार्य हुन्छ।
समाजशास्त्र, राजनीति र संगठनात्मक व्यवहारको अध्ययनले देखाउँछ कि शक्ति कुनै एकल स्रोतबाट उत्पन्न
हुँदैन; बरु पद, धन र पहुँचजस्ता विभिन्न आयामहरूको अन्तःक्रियाबाट निर्मित हुन्छ। यी तत्वहरूले व्यक्ति वा
समूहलाई संरचनागत, आर्थिक र सामाजिक साधन उपलब्ध गराउँछन्, जसले उनीहरूलाई अन्य व्यक्तिहरूको
व्यवहार, निर्णय र अवसरमा प्रभाव पार्न सक्षम बनाउँछन्। यही गोलचक्करमा पद योग्यता वा दक्षताले होइन,
पैसा वा पहुँचबाट प्राप्त हुन्छ। फेरि त्यही पदले निर्णय-सामर्थ्य र संस्थागत पहुँच प्रदान गर्छ।
आर्थिक स्रोतहरूले मानिसको व्यवहार, निर्णय र निष्ठामा प्रत्यक्ष प्रभाव पार्छन्। धन राजनीतिक अभियान,
मिडियाको नियन्त्रण, विशेषज्ञता खरिद तथा सामाजिक प्रतिष्ठा निर्माणमा प्रयोग हुन्छ। पैसाबाट प्रभावित
नेटवर्क विस्तार हुन्छ, जसले शक्ति संरचनामा पहुँचलाई बलियो बनाउँछ। बिनोद चौधरी, सेखर गोल्छा,
पद्मज्योति, मोहन बस्नेत, बिक्रम पाण्डे वा शारदा प्रसाद अधिकारी केही प्रतिनिधि पात्र हुन्। “धनी” वा
“ठेकेदार” राजनीतिमा हुनु स्वचालित रूपमा “नकारात्मक” वा “अस्वच्छ” भन्ने होइन। तर जब व्यवसाय र
राजनीति एउटै हातमा केन्द्रित हुन्छ, “स्वार्थ–संघर्षको सम्भावना” बढ्छ। त्यति मात्र होइन, निजी बोर्डिङ् स्कुल
वा अस्पतालका मालिकले सरकारी विद्यालय र अस्पतालको गुणस्तर तथा विस्तारमा साँच्चै सकारात्मक
भूमिका खेल्छन् कि खेल्दैनन् भन्ने प्रश्न हो।
पहुँच (Access) शक्ति निर्माणको अदृश्य तर बलियो आधार हो। पहुँच भएका व्यक्तिले कानुनी, राजनीतिक वा
प्रशासनिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्न सक्छन्। यस्तो पहुँचले “गोप्य अवसरहरू” प्रदान गर्छ,

जहाँ सामान्य नागरिक प्रवेश गर्न सक्दैनन्। यसले अनौपचारिक शक्ति संरचना निर्माण गर्छ, जुन कहिलेकाहीँ
औपचारिक नियमभन्दा पनि बलियो हुन्छ। कुनै मन्त्री वा दलका नेताको छोरी, छोरा वा नजिकका व्यक्तिहरूको
शक्ति हामीले लगातार देख्दै आएका छौँ। पदसँग नजिक रहेका खरदार वा सुब्बाले समेत सचिवलाई खटन-पटन
र निर्देशन दिने हैसियत बनाउन सक्नु उनीहरूको पहुँच र अनौपचारिक शक्तिको प्रत्यक्ष परिणाम हो।
पदले धन कमाउने अवसर बढाउँछ; धनले पहुँच विस्तार गर्छ; पहुँचले फेरि पद तथा विशेषाधिकार प्राप्त गर्ने
मार्ग खोलिदिन्छ। जब पद, धन र पहुँच एकै व्यक्तिमा केन्द्रित हुन्छ, शक्ति संरचना असन्तुलित रूपमा बलियो
बन्छ। हिजो चप्पल पडकाउदै, जडौरी कपडा लगाएर शहर छिरेका कतिपय चल्तापुर्जा राजनीतिक नेताहरू
आज कसरी करोडौँ सम्पत्तिका मालिक बने भन्ने प्रष्टै देखिन्छ। उनीहरूको आर्थिक उन्नति पारदर्शी स्रोतभन्दा
बढी सत्ता–प्रयोग र पहुँच–आधारित अवसरसँग जोडिएको हो। यही कारणले, नेताहरुका घरमा दुई–चार करोड
रुपैयाँ नगद राखिएको हुनु “सामान्य” मानिने अवस्था सिर्जना हुनु पनि अब लुकेको तथ्य जस्तो लाग्दैन। सत्ता
नजिकिँदै जाँदा हासिल हुने अवसर, विशेष सुविधा र अनौपचारिक आर्थिक प्रवाहले नै यस्तो आर्थिक हैसियत
सम्भव भएको हो।
एक पटक कुनै उपायले सत्ता पायो भने त्यो शक्ति लगभग स्थायी बन्छ। राज्यका विशिष्ट पदमा पुगेकाहरूले
निजी सचिवालयमा आफ्ना नातेदार वा नजिकका मान्छे राख्नुको कारण सहजिकरण मात्र होइन-भ्रष्टाचार र
पहुँचको संम्पर्क बिन्दु त्यहीँ बन्न जानु हो। यहाँ योग्यता होइन, निष्ठा र भक्तिले नै पद निर्धारण गर्दछ। सयौ
मानिस र पत्रकारहरुको उदाङ्ग पारेको करोडौ नगद जलेको प्रमाणहरु छरप्रष्ट हुँदा समेत शेरबहादुर अझै नेता
हुनु, एमालेमा ओलिको एकाधिकार, प्रचण्डको हरेक राजनीतिक परिवर्तनमा फिट हुने क्षमता, यी सबै
शक्ति–भक्तिको उदाहरण हुन्। पुराना दलहरूमा जनताबाट अस्वीकृत, चुनावबाट डराउने वा हारेका
व्यक्तिहरूको हालीमुहाली देखिन्छ। बोल्न नजान्नेहरू प्रवक्ता हुन्छन्। जनाधार नभएपछि शक्तिको भक्तिबाटै पद
र शक्ति आर्जन गर्ने एक मात्र विकल्प बन्छ।
जहाँ भक्तिबाट शक्ति प्राप्त हुन्छ, त्यहाँ आलोचनात्मक चेत मुर्छित हुन्छ। राजनीतिक सत्ता केही व्यक्तिको मुट्ठीमा
केन्द्रित हुन्छ। कुरामा प्रजातन्त्र, लोकतन्त्र र समाजवाद; व्यवहारमा शक्तिको भक्ति गरेर शक्ति आर्जन गर्नेहरूको
खेल मात्रै बाँकी रहन्छ। यही दुष्चक्रले नेपाली राजनीति घुमिरहेको छ।
आशले मानिसलाई अरूको भरमा बस्न बाध्य बनाउँछ। त्रासले उसको स्वतन्त्र निर्णय क्षमतालाई कमजोर पार्छ।
आश र त्रास दुवैले मनोवैज्ञानिक परनिर्भरता बढाउँछन्। यो निर्भरता बिस्तारै भावनात्मक आसक्तिमा
रूपान्तरण हुन्छ। आसक्तीले व्यक्तिको आलोचनात्मक सोचलाई कुन्द बनाउँछ। उसले आफू भरोसा गर्ने
व्यक्तिलाई नै सत्यको स्रोत ठान्न थाल्छ। समयसँगै त्यो व्यक्तिप्रति अन्धभक्ति विकसित हुन्छ। भक्ति बढ्दै जाँदा
स्वतन्त्रता झन् संकुचित बन्छ। यसैले, स्वाभिमानी जीवनका लागि आश–त्रासको जालबाट मुक्त हुनु
अत्यावश्यक छ।
समावेशी, पारदर्शी र उत्तरदायी प्रणाली निर्माण नगरेसम्म शक्ति केही हातहरूमा केन्द्रित हुने र समाजमा
असमानता झन् गहिरिँदै जाने सम्भावना रहन्छ। त्यसैले अबको विकल्प भनेको सबैखाले भक्तिको अन्त्य हो।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक