काठमाडौं । आना शर्मा स्टारर कथानक चलचित्र ‘रमिताको पिरती’ को टिजर सार्वजनिक भएको छ । चलचित्रको शीर्ष भूमिकामा आना देखिएकी छिन् ।
उनीसहित टिजरमा धीरज मगर, समीर श्रेष्ठ र विनय श्रेष्ठलाई पनि देख्न सकिन्छ । गायक समेत रहेका समीरले यो चलचित्रबाट अभिनय करिअर थालेका छन् । टिजरमा आनाको भूमिकामा विविधता देखिन्छ ।
उनलाई प्रेम, रोमान्स, खुसी, दुःख र ब्रेकअपका मुडमा प्रस्तुत गरिएको छ । चलचित्रले एउटा युवतीको सम्बन्ध र महसुसको कथा चित्रण गरेको बुझ्न सकिन्छ ।
युवतीको मनोविज्ञानबाट चलचित्रको कथा भनिएको छ । सेरो फिल्मस्को प्रस्तुतिमा बनेको चलचित्रलाई सुदीप्तले निर्देशन गरेका हुन् । पटकथा लेखन पनि उनैले गरेकी हुन् । भ्यालेन्टाइन्स डेको अवसरमा २३ माघमा चलचित्र प्रदर्शन हुने जनाइएको छ । निर्माता सागर लम्साल हुन् ।


