मनाङ्ग । नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ्ग महाभिडन्त भव्य रूपमा सम्पन्न भएकाे छ ।
मंसिर १० गते बुधबार मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिका वडा नं. ०९ मा संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त भव्य रूपमा सम्पन्न भएकाे पहिलो खेलमा नेपालको तर्फबाट पहिलो महिला रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडी Camille collettee Ligon ( Holided ) बिच खेल भएको थियो सो खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता जुरेलिले बिजयी सुनिश्चित गरेका थिए र संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा रेस्लिङ्ग महाभिडन्तमा बिजयी सुनिश्चित गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हुनुभएको छ । यसमा रेफ्रीको भुमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले गर्नु भएको थियो ।
यसैगरी दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण ब मगर र लोकु सिङ्ग बिच खेल सम्पन्न भएको थियो यस खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण ब मगरले बिजयी सुनिश्चित गर्नु भएको थियो यस खेलमा नेपालकै चर्चित रेस्लिङ्ग खेलाडी अस्मिता जुरेलिले गर्नु भएको थियो । यस खेलमा औपचारिक रूपमा रेस्लिङ फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले अध्यक्षता गर्नु भएको थियो ।
मनाङ्ग ङ्गिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेले प्रमुख अतिथिको रूपमा आसन गर्नु भएको थियो । विशेष अतिथिको रूपमा मनाङ्ग जिल्ला प्रमुख जिल्ला अधिकारी नबराज पौडेलले गर्नुभएको थियो बिशेष अतिथीको रूपमा मनाङ्ग ङ्गिस्याङ्ग गा.पा. उपाध्यक्ष छिरिङ्ग गुरुङ बिशेष अतिथीको रूपमा मनाङ्ग ङ्गिस्याङ्ग गा.पा. वडा नं ९ को वडा अध्यक्ष चोल्पा गुरुङ, बिशेश अतिथिको रूपमा मनाङ्ग जिल्ला राष्ट्रिय अनुसन्धानको डि.एस.पि विशेष अतिथी रेणु अधिकारी वरिष्ठ समाजसेवी तथा कलाकार अतिथीको रूपमा पुर्वाधार बिकास आयोजना प्रमुख मनाङ्ग हरि थापा, अतिथीको रूपमा वरिष्ठ समाजसेवी तथा शिक्षाबिद राजु खड्का, अतिथी धन ब गुरुङ वडा सदस्य मनाङ्ग ङ्गिस्याङ्ग गापा वडा नं ९, अतिथी अनिल गुरुङ मनाङ्ग ङ्गिस्याङ्ग गा पा वडा सदस्य वडा नं ९, अतिथी नुर छिरिङ्ग गुरुङ तिलिचो युवा क्लब अध्यक्ष, अतिथीको रूपमा बुजुङ्ग गुरुङ होटल ब्यबसायी संघ मनाङ्ग ङ्गिस्याङ्ग गा पा वडा नं ९, अतिथी बिन्द्रा देवान वरिष्ठ समाजसेवी तथा भलिबल संघ पुर्व अध्यक्ष राखेप, अतिथी यम राना ए पिए फ सैइ ले गर्नु भएको थियो ।
अन्तिममा शुभकामना मन्तब्य बिशेष अतिथी तथा प्रमुख जिल्ला अधिकारी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सफलता हासिल गरेकोमा धन्यवाद र खेलमा निरन्तरता दिने गरि शुभकामना मन्तब्य दिनु भयो । प्रमुख अतिथी मनाङ्ग ङिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेले रेस्लिङ्ग खेलको माध्यम बाट देश र तिलिचो ताललाई संसार भर चिनाउने प्रयत्न गरेकोमा खुसी ब्यक्त गर्नु भयो । रेस्लिङ्ग फाउन्डेसनको तर्फबाट विभिन्न सामाजिक बौद्धिक ब्यक्तित्व हरुलाई संस्थाको अध्यक्ष भगवती खड्का युनिका प्रमुख अतिथी कान्छा घले र बिशेश अतिथि तथा प्रमुख जिल्ला अधिकारी नबराज पौडेलको हातबाट सम्मान पत्र बितरण गरि औपचारिक रूपमा नेपाल महिला रेस्लोङ्ग फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले समापन गर्नु भएको थियो ।



