बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
मिडभ्याली अन्तरविद्यालय बृहत विज्ञान प्रदर्शनीको आयोजना, ६७ विद्यालय सहभागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर  । मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तर विद्यालय विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२ को आयोजना गरेको छ। मध्यपुरठिमी स्थित कलेज प्राङ्गणमा आयोजित प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको हो।
प्रर्दशनी मंसिर ११ र १२ गते दुई दिनसम्म सञ्चालन हुनेछ भने १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ। प्रर्दशनीमा पहिलो दिनमा नै चार हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए।

प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरिएको छ।

कार्यक्रमका प्रमुख अथिति प्रा.डा रामेश्वर अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञान मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै विज्ञान तथा प्रविधि तर्फको अन्वेषणमा उत्प्रेरणा जगाउन मद्धत पुग्ने बताए।

उनले भने,‘यस खालको कार्यक्रम शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रका विद्यालय तथा कलेजहरुमा समेत आयोजना गर्न जरुरी छ। सरकारले पनि यस खालको प्रर्दशनीलाई प्राथमिकता दिन आवश्यक छ। शिक्षामन्त्रालयले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेको छ, अझै विशेष योजना ल्याएर विद्यार्थीहरुमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्नुपर्छ। यी भावी पुस्तालाई विज्ञान तथा प्रविधि क्षेत्रमा योग्य बनाउनु आजको आवश्यकता हो।’

सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवालले साना साना उमेरका विद्यार्थीहरुले दैनिक रुपमा प्रयोग हुने उपकरणहरुलाई फरक रुपमा प्रदर्शनी गरेको बताए। उनले यसखालको प्रर्दशनी मिडभ्याली लगायतका अन्य विद्यालयले पनि आयोजना गर्न जरुरी रहेको बताए। साथै उनले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई यस प्रर्दशनीमा सहभागी भई जानकारी लिन समेत आग्रह गरे।

यस्तै मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता अभिवृद्धि र व्यवहारिक शिक्षालाई विशेष जोड दिने उदेश्यले यस प्रर्दशनीको आयोजना गरिएको बताए। उनले कलेजले एक वर्ष अगाडि गरेको यसखालको प्रदर्शनीले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पारेको बताउँदै सूर्यविनायक नगरपालिका समेत प्रभावित भई नगरपालिका स्तरको पर्दशनी आयोजना गर्न लागेको जानकारी दिए। उनले यस प्रदर्शनीमा सहभागी भएका विद्यालयका विद्यार्थीले आफूले सोचेको भन्दा पनि नव अन्वेषणमुलक सूचना प्रविधिका उपकरणहरु उत्पादन गरेको बताए।

प्रदर्शनीमा उत्कृष्ट उपकरण एवं सामाग्री निर्माण गर्ने तीनवटा विद्यालयको टिम र एउटा सबैभन्दा बढी भोट पाउने टिमलाई पुरस्कृत गरिने मिडभ्यालीले जनाएको छ। प्रदर्शनी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।

मिड भ्याली कलेजले पनि यस्ता क्रियाकलापमा जोड दिदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक