आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
अमेरिकामा ग्लोबल नेपाली फिल्म अवार्ड २०२५  सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा सम्पन्न भएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशन र फिलिप आर्केष्ट्रा बोल्डरद्वारा संयुक्त रूपमा आयोजित फिल्म अवार्डको ८औं संस्करण कला तथा साहित्य क्षेत्र उत्कृष्ट योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्दै बोल्डर थियटरमा सम्पन्न भएको हो । समारोहमा पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत चरित्र अभिनेता रामचन्द्र अधिकारीलाई दीर्घसाधना सम्मान प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र साहित्यकार पदम विश्वकर्मालाई अभियानश्री अवार्डबाट सम्मान गरिएको थियो । यस्तै, चलचित्र पूर्णबहादुरको सारंगीका नायक विजय बरालले जुरी अवार्ड प्रदान गरिएको थियो । समारोहमा चलचित्र विकास बोर्डलाई गिहिन्द्र धिमाल स्मृति सम्मान र नायिका स्वस्तिमा खड्कालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरिएको थियो । प्रवासमा बस्नेहरूको लगानीमा निर्मित दुई चलचित्र ‘डोरी’ र ‘कर्मा’लाई एनएफएस सम्मान पुरस्कार (प्रवास) प्रदान गरिएको थियो भने प्रवासमा निर्माण भएको चलचित्र तेल भिसा र निर्देशक शंकर घिमिरेलाई सम्मान गरिएको थियो । त्यस्तै ‘फिल्म अफ दि इयर’ चलचित्र ‘पुजार सार्की’लाई प्रदान गरिएको थियो भने ‘डाईरेक्टर अफ दि इयर’बाट ‘पुजार सार्की’कै निर्देशक दिनेश रावत सम्मानित हुनुभएको थियो ।

‘एक्टर अफ दि इयर’बाट ‘पुजार सार्की’कै प्रदीप खड्का र ‘बोक्सीको घर’बाट केकी अधिकारी सम्मानित हुनुभयो । यसैगरी ‘वेष्ट सर्पोटिङ रोल’को अवार्ड ‘छक्का पञ्जा ५’का केदार घिमिरेले पाउनुभयो । ‘स्टार अफ डिकेड’बाट दिलिप रायमाझी सम्मानित हुनुभयो । ‘नवअभिनेता’ अवार्ड ‘१२ गाँउ’का नायक समिर भट्टले पाउनुभयो भने नायिकातर्फ सो अवार्ड ‘लण्डन टु पेरिस’बाट गरिमा शर्माले पाउनुभयो । समारोहमा ‘उदाउँदो तारा’ अवार्ड नायिका दिव्या रायमाझीलाई प्रदान गरिएको थियो । समारोहको विशिष्ट अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेता नीर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्रगी बसुन्धरा भुसाल र आङ तेम्वा शेर्पा रहनुभएको थियो । प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिनलगायतका विशिष्ट व्यक्तित्वले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको समारोहमा नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो ।

प्रमुख अतिथि बोल्डर सिटीका मेयर आरोन ब्रोकेट र विशेष अतिथि बोल्डर काउन्टी कमिष्नर मार्था लोचमिन, हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठलगायतले समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याएका पुराना कलाकारलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गर्दै आएको बताउनुभयो । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्ड समारोहलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । तीन पुस्ताका कलाकारहरूको अपूर्व जमघट रहेको अवार्ड समारोहमा तीनै पुस्ताका कलाकारले नृत्य, गायन र हास्य प्रस्तुति दिएका थिए । कार्यक्रम सफलतापुर्बक सप्पन्न भएकोमा आयोजक टिम नेपाल तथा अमेरिकालाई बधाई !

यो पनि पढ्नुहोस्

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक

२ दिन अगाडि
‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक