आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Sabi bhattarai

जेनजी युवालाई सरकारको गज्जबको पुरस्कार !

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-सबि भट्टराई,
जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले भ्रष्टाचार र दमनमा संलग्नहरुलाई कारबाही गर्नुको साटो उल्टै जेनजी युवालाई नै लक्षित गरेर कारबाही थालेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा सहभागी भएकाहरुलाई आपराधिक, उपद्रवलगायतका कसुर लगाएर पक्राउ गर्न थालेको हो । यसले जेनजी युवा र उनीहरुको आन्दोलनलाई नै उपहास गरेको मात्र छैन । उनीहरुलाई आपराधिक बनाउने प्रयास पनि भएको छ ।
जेनजी आन्दोलनयता प्रहरीले आपराधिक गतिविधिमा संलग्न भएको भन्दै २६७ जनालाई पक्राउ गरेको छ । १५४ वटा मुद्दा दर्ता र ४३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । प्रहरीले ११३ जनामाथि अनुसन्धान गरिरहेको छ र ८३ वटा नाल हतियार बरामद गरेको दाबी गरेको छ । यी पक्राउ परेकाहरु आन्दोलनमा सहभागी भएका जेनजी युवा छन् ।
सरकारले एउटा कुरा बुझ्न जरुरी छ, जेनजी आन्दोलन कुनै आपराधिक गिरोहको उच्छृंखलता थिएन । यो त युवाको असन्तुष्टिको विस्फोट थियो, जसले भ्रष्टाचार, महँगी, बेरोजगारी र राज्यको दमनकारी चरित्रविरुद्ध आवाज उठाएको थियो । जब सडकमा निस्किएका युवाले ‘भ्रष्टाचार मुर्दावाद, दमन मुर्दावाद’ भन्दै नारा लगाए, तब राज्यले उनीहरूमाथि लाठी चार्ज ग¥यो, अश्रुग्यास प्रहार ग¥यो र पक्राउ अभियान चलायो । त्यसैको आक्रोशस्वरुप युवाले तोडफोड र आगजनी गरे । विगतमा पनि यस्तो परिवर्तनकारी आन्दोलन भएका थिए र त्यसमा सहभागीलाई कारबाही गरिएको थिएन । अहिले आन्दोलन गर्नेलाई अपराधी बनाउने हो भने भविष्यमा परिवर्तनका लागि सडक निस्कने कोही हुँदैनन् ।
युवाले तोडफोड गरेको भनिएको सर्वोच्च अदालत र अख्तियारको भवनमा कुनै सामान्य मानिसको मुद्दा वर्षौंदेखि अल्झाइएको छ, अर्बौंको भ्रष्टाचारका फाइल हराएका छन्, नेताहरूले उन्मुक्ति पाएका छन् । त्यही आक्रोश पोखियो । त्यसलाई आगजनी र तोडफोड भनेर मात्र हेर्नु न्यायिक अन्धोपन हो । अहिले राज्यले २६७ जना युवालाई पक्राउ गरेर कानुनको शासन कायम गरेको जस लिइरहेको छ । तर प्रश्न छ– ललिता निवास, वाइडबडी, एनसेल, गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी घोटाला, सुन तस्करी, कोभिड खरिद घोटालामा मुछिएका ठूला नेतालाई किन पक्राउ गरिएन ? ती फाइल अख्तियार र सर्वोच्चमा वर्षौंदेखि थन्किएका छन् । दोषीहरूलाई सफाइ दिइएको छ । तर जेनजी आन्दोलनमा सडकमा उत्रिएका युवालाई भने तुरुन्तै थुनामा कोचिएको छ ।
आन्दोलनका बेला प्रहरीले चलाएको रबरको गोली र अश्रुग्यासबाट धेरै घाइते भएका थिए । तर ती प्रहरीमाथि कुनै कारबाही भएको छैन । बरु आन्दोलनकारीमाथि आपराधिक उपद्रवको मुद्दा लगाइएको छ । यो स्पष्ट छ– राज्यले आफ्नो दमनलाई लुकाउन आन्दोलनकारीलाई अपराधी बनाउने प्रयास गरिरहेको छ । सर्वोच्च अदालत र अख्तियारको भवनमा भएको तोडफोडलाई लिएर सरकार र सत्तारुढ दलहरू आक्रोशित छन् । तर तिनै दलका नेताहरूले यी निकायलाई कठपुतली बनाएका थिए ।
न्यायाधीशहरूको नियुक्तिमा राजनीतिक भागबण्डा, अख्तियार प्रमुखको नियुक्तिमा सत्ताको दबाब, यी कुरा सबैले थाहा छ । जब जनताले न्याय पाउँदैनन्, जब भ्रष्टाचारीले उन्मुक्ति पाउँछन्, तब जनताको धैर्य टुट्छ । त्यो टुटेको धैर्यको अभिव्यक्ति थियो भदौ २३–२४ को आन्दोलन । आज ४३ जना युवा पुर्पक्षका लागि थुनामा छन् । उनीहरूमध्ये धेरैजसो विद्यार्थी, बेरोजगार युवा र सामान्य मजदुर छन् । उनीहरूले देशको भविष्यका लागि आवाज उठाएका थिए । तर उनीहरूलाई अपराधी बनाइँदैछ । अर्कोतिर भ्रष्टाचार गरेर अर्बौं कमाएका नेताहरू भाषण ठोक्दैछन् ।
जेनजी आन्दोलनले एउटा सन्देश दिएको छ– अब युवा चुप लागेर बस्दैनन् । यदि राज्यले भ्रष्टाचार र दमनलाई निरन्तरता दियो भने यस्ता आन्दोलन बारम्बार दोहोरिनेछन् । त्यसैले अबको बाटो स्पष्ट छ– २६७ जना पक्राउ परेका युवालाई होइन, भ्रष्टाचार र दमनको जालो बुनेका नेताहरूलाई कारबाही गर्नुपर्छ । ललिता निवासदेखि सुन तस्करीसम्मका ठूला घोटालाका दोषीलाई तुरुन्तै पक्राउ गरेर थुनामा राख्नुपर्छ । न्यायालय र अख्तियारलाई राजनीतिक प्रभावमुक्त बनाउनुपर्छ । तबमात्र जेनजी आन्दोलनले उठाएको आवाजको सार्थकता हुनेछ ।
भदौ २३–२४ को घटनालाई आगजनी र तोडफोडको रूपमा मात्र हेर्नु गलत हुन्छ । यो त दशकौंदेखि थुप्रिएको जनआक्रोशको विस्फोट थियो । त्यसलाई दबाउन होइन, बुझ्न र सम्बोधन गर्न जरुरी छ । युवाको रगतले लेखिएको यो सन्देशलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ । उनीहरुलाई अपराधी बनाउने काम यो सरकारले गर्नुहुन्न । बरु जसले आन्दोलनमा दमन गरे, कलिला युवाको ज्यान लिए । तिनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । विगतमा जसजसले ठूलाठूला भ्रष्टाचार गरेका छन्, उनीहरु अझै पनि कारबाहीको दायरामा आउन सकेका छैनन् । उनीहरुमाथि अविलम्ब छानबि नगरिए सम्म र कार्वाही प्रक्रिया सुरु नगरिएसम्म जेनजी युवाहरुमाथि  न्याय भएको मान्न सकिने छैन ।

यो पनि पढ्नुहोस्

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

३९ मिनेट अगाडि
विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह

विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सुशीला कार्की सरकारको १०० दिन

घट्याे सुनको भाउ

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक