काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रिपरिषद् हुनुपर्ने जनाएका छन्।
बिहीबार नेपाली कम्युनिष्ट पार्टीसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन्। उनले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भए पनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको जनाए।
राजनीतिक स्थिरताबिना देश समृद्ध नहुने, सुशासन कायम गर्न नसकिने उनको भनाइ छ। शासकीय स्वरुप परिवर्तन हुनु जरुरी रहेको उनको धारणा छ।
उनले भने, ‘जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको थियो। अहिले राजनीतिक स्थिरता भएन भने देश समृद्ध हुँदैन, आर्थिक समृद्धि, सुशासन दिन सकिँदैन भन्ने छ। अब प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ, शासकीय स्वरुप परिवर्तन हुनुपर्छ। विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छ।’


