शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

पुराना दल, नातावाद, कृपावाद र अन्तरिम सरकार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
राजनीतिमा बढ्दो बेथितिविरुद्ध गत भदौ २३ मा जेनजी आन्दोलन भएको थियो । जेनजीले आन्दोलन गर्नुको मुख्य कारण थियो, सत्ता र शक्तिको आडमा आफ्ना परिवारका सदस्य, आफन्त र नजिकका कार्यकर्तालाई लाभका निर्णय हुनु । उनीहरुका सन्तानले राज्यको सम्पत्ति दुरुपयोग गर्नु । सोही कारण उनीहरुले नेपो बेबी र भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म नारा लगाए, ज्यानकै बलिदान दिए । जेनजी आन्दोलनको बलमा केपी शर्मा ओलीको सरकार ढल्यो । सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा ‘नागरिक सरकार’ गठन भयो । निर्वाचन गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य लक्ष्य बोकेर यो सरकार गठन भएको थियो । तर, कार्की नेतृत्वको सरकार पनि नातावाद, कृपावादका कारण आलोचित भएको छ ।
विगतमा प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्चपदस्थ व्यक्तिहरुले आफू निकटलाई विभिन्न सरकारी नियुक्ति दिन्थे, लाभ हुने निर्णय गर्थे । अन्तरिम सरकार त्यस्तो गल्ती कमजोरीबाट मुक्त हुने अपेक्षा गरिएको थियो । यसको कारण थियो, सर्वोच्च अदालतको प्रधानन्यायाधीशवाट अवकाश भएकी कार्की प्रधानमन्त्री हुनु । सुशासनको विषयमा यसअघि कहिल्यै विवादमा नपरेका कारण पनि उनी प्रधानमन्त्रीको रोजाइमा परेकी थिइन् । तर अहिले प्रधानमन्त्री कार्कीकै प्रमुख स्वकीय सचिव विवादमा तानिएका छन् । प्रधानमन्त्री कार्कीले आफू नियुक्त भएलगत्तै आफ्नो प्रमुख स्वकीय सचिवमा सर्वोच्च अदालतको सुचना प्रविधि महाशाखाका कार्यरत नासु आर्दश श्रेष्ठलाई रोजेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेशी व्यवस्थापनको जिम्मेवारीमा थिए । यही कारण पुरानो चिनजान र विश्वासको आधारमा श्रेष्ठलाई उनले नियुक्ति दिएकी थिइन् ।
नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठलाई कार्कीले भदौ २९ मा प्रमुख स्वकीय सचिवमा नियुक्त गरेकी थिइन् । भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि श्रेष्ठलाई प्रमुख स्वकीय सचिव र सबिता भण्डारी बराललाई महान्यायाधीवक्ता नियुक्त गरेकी थिइन् । यी दुवैका कारण कार्की आलोचना र विवादमा परेकी छन् । सचिव सरहको सेवा सुविधा पाउने प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त भएको चौथो दिन असोज २ मा आदर्शले श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको स्वकीय सहसचिव नियुक्त गरेका थिए । प्रधानमन्त्री कार्कीका विश्वास पात्र भएकैले सर्वोच्च अदालतमा नायब सुब्बा सरहको पदमा कार्यरत श्रेष्ठ सचिव सरहको सेवा सुविधा पाउने पदमा नियुक्त भएका थिए । श्रेष्ठमाथि प्रधानमन्त्री कार्यालयमा पनि आफ्ना नातेदार भर्ना गरेको आरोप छ ।
जेन–जी आन्दोलनको बलमा स्थापित सरकारका प्रधानमन्त्री कार्की मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्नुपर्ने हो । तर उनका सहयोगी नै अहिले विवादमा परेका छन् । यसले पुरानो सरकारभन्दा यो सरकार भिन्न नरहेको पनि पुष्टि भएको छ । यस्तो अवस्था आउनु जेनजी आन्दोलनकै लागि दुर्भाग्य हो । प्रमुख स्वकीय सचिवले आफन्त नियुक्त गरेको भन्दै विभिन्न जेन–जी समूहले विरोध जनाएका छन् । अब सरकारले आफ्नो आफ्नो गठनको उद्देश्य बुझ्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

३ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक