काठमाडौं । राप्रपा नेपालले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।
पार्टी महामन्त्री राजाराम बर्तौलाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि मंगलबार आयोगमा दल दर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो ।
राप्रपाका सहायक महामन्त्री एवं केन्द्रीय सचिवालय सहप्रमुख हिक्मतजङ्ग भण्डारी र कार्यालय सचिव कर्णबहादुर माझी आयोग पुगेर दल दर्ता गराएका हुन् ।


