काठमाडौं । त्रि.वि. अन्तरगर्त काठमाडौंको प्रदर्शनसनी मार्ग अवस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा भर्ना खुलेकाे छ ।
बिए. तह.मा रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा स्नातक तह (बि.ए) तहको प्रथम बर्षमा श्रावण २७ गतेदेखि खुलेको छ भने स्नातकाेत्तर तह (एम. ए.) काे प्रथम बर्षमा मंसिर ११ गतेदेखि पाैष ३ गते सम्म वितरण फारम भर्न सकिने छ ।
सम्पूर्ण भाषा सेवीहरूकाे पहलमा वि.सं. २०७४ सालमा नेपालभाषा विषयकाे कक्षा पुनः सञ्चालन गर्न सफल हुनुका साथै काठमाडाैं जिल्लामै वि.सं. २०७८ साल देखि नेपाल भाषा स्नातकाेत्तर तहतहको नेपालभाषा कक्षा सञ्चालन जारी रहेको छ ।
बि.ए. प्रथम बर्षमा शैक्षिक बर्ष २०८२।०८३ सालको वार्षिक प्रणालीको आधारमा नयाँ भर्ना लिइरहेकाे अवगत गराउँदै नेपालभाषा बिषयमा अध्यापन गरेर रोजगारीका साथै उज्वल भविष्य रहेकाले समयमै भर्ना हुन तथा मातृभाषा शिक्षा अध्ययन गर्न पाउनु नैर्सगिक अधिकार भएकाले यथाशिघ्रसिट सुररिक्षित राख्न अनुराेध नेपालभाषा अभियान्ताहरूले अनुराेध गरेका छन् ।
नेपालभाषा विषय अध्ययन गरेर नेपालकाे साहित्य, लिपी, संस्कृति, इतिहास आदि ज्ञान प्राप्त गर्न सकिने छ । अहिले पद्मकन्या बहुमुखी क्याम्पस , ललितपुरकाे पाटनमा रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन संयुक्त क्याम्पसमा स्नातक तह बि.ए. तथा तथा एम. ए. समेत भर्ना खुलेकाे छ ।
भर्ना सम्बन्धी सुचना तल जानकारी गराएको छः
नेपालभाषा स्नातकाेत्तर तहकाे प्रथम सेमेष्टरकाे भर्ना कार्यक्रम सम्बन्धि जानकारी तल उल्लेख गरिएकाे छ :





