काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती कोरिडोरको थापाथलीस्थित नदी किनारामा पार्क निर्माण गरेको छ । मङ्सिर १६ गते यो पार्कको उद्घाटन गर्ने महानगरको तयारी छ ।
त्यहाँ व्यायाम गर्न मिल्ने एक्सरसाइज जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्चलगायत अन्य विभिन्न सामग्रीहरू राखिएको छ, जसले गर्दा पार्क सुन्दर देखिएको छ ।
निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर गर्न सक्ने जोखिम छ ।


