काठमाडौं । काठमाडौं महानगरपलिका-२८ इच्छुमति गल्ली डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-७ घर भएका ५० वर्षीय कुमार कुँवर आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, कमला नगरपालिका-२ सराबेस्थित सार्वजनिक धर्मशालामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


