आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रान्तिकारी छवि बचाउन नसक्दा मुलुक चरम भ्रष्टाचार

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
क्रान्तिकारी छवि बचाउन नसक्दा मुलुक चरम भ्रष्टाचार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै शर्माले उक्त कुरा बताए । यी तीन पार्टी लामो समय सत्तामा रहे पनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता नदिँदा मुलुक असफल बन्न पुगेको आरोप लगाए ।

प्रमुख राजनीतिक दलहरूले सुशासन र संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ । मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनर्संरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उनको आरोप छ ।

शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याएका थिए  ।

यस्तो छ शर्माको धारणा 

कांग्रेस, एमाले र माओवादी आआफ्नो समयका नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकारी पार्टी नै थिए र हुन् । परन्तु इतिहासमा योगदान गरेका दलहरूले राज्यसत्तामा पुगेपछि आफ्नो क्रान्तिकारी छवि बचाउन नसक्दा असफल सिद्ध हुन पुगे । फलतः देश चरम भ्रष्टाचार, विकृति र चरम यथास्थितिका कारण गति र परिणामविहीन हुन पुग्यो ।

नेपाली कांग्रेस ४५ वर्ष, नेकपा (एमाले) ३६ वर्ष, नेकपा (माओवादी केन्द्र) ले करिब १७ वर्ष सरकार चलाए वा सत्ताको वरिपरि नै रहे । परन्तु हजारौँ वर्षसम्म विकासको परम शत्रुको रूपमा रहेको सामाजिक उत्पिडन मूलतः जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय विभेदको सम्बोधन गर्न दलहरू असफल भए । नेपालको विकासका लागि नीतिगत र प्रणालीगत पुर्नसंरचना गर्नुको साटो मौजुदा संस्कृति संरचनाको उपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेले ।

मुलुकमा भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता र राज्यका संस्थाहरूमा राजनीतिकरण गरेर राज्यका संस्था र प्रणालीलाई थप निकम्मा बनाए । संविधान लेखनको विषयलाई दलीय स्वार्थ बनाउँदा जनताको म्यान्डेट सम्बोधन हुन सकेन । नियन्त्रित लोकतन्त्र र जनवादको प्रयोगले दलहरूलाई अपाङ्ग बनायो । सांस्कृतिक भ्रष्टीकरण गुजाराकेन्द्रित राजनीति र कर्मचारीमाथि हस्तक्षेप गर्दै भिजनसहित अग्रसर हुन दलहरू असफल भए ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

६ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक