बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसमा केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरबीच छलफल

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
कांग्रेसमा केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरबीच छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसमा चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरले छलफल गरेका छन्

। दुई पक्षबीच सोमबार बिहान करिब चार घण्टा छलफल भएको केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले जानकारी दिए । सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी शीर्ष नेताहरूलाई भेट्दै आएका छन् । सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर उनीहरूले निर्वाचन अघि नै १५औं महाधिवेशन गर्नुपर्ने माग उठाएका थिए ।

संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई आइतबार भेटेर उनीहरूले सोही मागका लागि दबाब बढाउन आग्रह गरेका थिए । उनीहरूले आज विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानको अगुवाई गर्ने नेताहरूलाई भेटेका हुन् । केन्द्रीय सदस्य शेर्पाले दुई पक्षको छलफलमा आफूहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने विषय राखेको जानकारी गराए ।

विशेष महाधिवेशन पक्षधरले भने समय धेरै घर्किसकेको हुँदा अब विशेषमै जोड दिएको शेर्पाले जनाए । मंसिर ११ गतेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे गर्ने निर्णय प्रतीक्षा गरेर फेरि छलफल गर्ने कुरा भएको शेर्पाले जानकारी गराए ।

उनले भने, ‘महाधिवेशन नगरी चुनावमा जान सकिन्न भन्नेमा हामी सबै एकमत छौैं ।’ छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सना, युवराज पाण्डे लगायत सहभागी थिए ।

छलफलमा सहभागी विशेष महाधिवेशनका अगुवाई गर्ने तिमिल्सिनाले भने, ‘उहाँहरूले नियमित महाधिवेशन गर्न सकिन्छ । फास्ट ट्रयाकबाट हुने गरी कार्यतालिका ल्याउन सकिने बताउनु भयो । हामीले समय धेरै घर्किएको हुँदा अब विशेषको महाधिवेशनको विकल्प नभएको जनायौं ।’

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू

१२ घण्टा अगाडि
मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक