काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले आज आइतबार पनि धर्ना दिएका छन् ।
सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नु परेको उनीहरूले बताएका छन् ।
उनीहरू गत शुक्रबार पनि विभाग अगाडी धर्नामा बसेका थिए ।


