बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम उद्घाटन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम उद्घाटन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) उद्घाटन मङ्गल बहुमुखी क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) एक भव्य र प्रेरणादायी समारोहका साथ औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति (CMC) का अध्यक्ष प्रा.डा. लक्ष्मी बहादुर महर्जनले कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मङ्गल बहुमुखी क्याम्पसका सल्लहकार प्रा.डा. शिव शरण महर्जन, इन्स्टिच्युट फर सोसल एन्ड इनभायरोन्मेन्टल रिसर्च–नेपालका अध्यक्ष प्रा.डा. धर्मराज डंगोल, कीर्तिपुर नगर उद्योग तथा वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य तथा इनर व्हील कीर्तिपुर सेन्ट्रलकी IPP  रञ्जना महर्जन, क्याम्पस संचालक समितिका सदस्यहरू प्रा.डा. अजय सिंह, कर्ण महर्जन, सहायक क्याम्पस प्रमुख रकि महर्जन, ESP का फोकल पर्सन भावना महर्जन तथा शिक्षक शिक्षिकाहरु तथा सहभागी विद्यार्थीहरूको उपस्थितिले कार्यक्रम शोभित बनेको थियो। कार्यक्रम क्याम्पस प्रमुख प्रदीप महर्जनको स्वागत मन्तव्यबाट सुरु भयो, जसमा उहाँले विद्यार्थीहरूमा उद्यमशील सोच विकास गर्ने महत्वबारे जोड दिनुभयो।

अनुसन्धान व्यवस्थापन सेल (RMC) का संयोजक उपेश महर्जनले कार्यक्रम सञ्चालन गर्दै

अनुसन्धान व्यवस्थापन सेल (RMC) का संयोजक उपेश महर्जनले कार्यक्रम सञ्चालन गरी सम्पूर्ण सत्रहरू सुव्यवस्थित रूपमा अघि बढाउनुभयो। उद्घाटन समारोहको एक महत्वपूर्ण आकर्षण कीर्तिपुर नगर उद्योग तथा वाणिज्य संघकी अध्यक्ष  राज्यलक्ष्मी शाक्यको मन्तव्य थियो। उहाँले विद्यार्थी उद्यमीहरूलाई सहयोग गर्न आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो कि – यदि विद्यार्थीहरूले यथार्थपरक विचार, स्पष्ट भिजन, मिशन, तथा लक्ष्यसहित प्रस्तुत गरे स्टार्टअप सुरु गर्न पर्याप्त कोष उपलब्ध गराउन तयार छ। उद्घाटनपछि सहभागीहरूले दुई महत्वपूर्ण सत्रहरूमा सहभागिता जनाए ।

सत्र १: डिजाइन थिङ्किङ डा. जितेन्द्र डंगोलद्वारा सञ्चालन गरिएको यस सत्रले सहभागीहरूलाई सिर्जनात्मक रूपमा सोच्न, प्रयोगकर्ताको आवश्यकता बुझ्न, र समस्या पहिचान तथा समाधानमा नवप्रवर्तन ल्याउन सक्षम बनायो। 💡

सत्र २: व्यवसायिक अवधारणा विकास डा. सुनिल चित्रकारद्वारा संचालित यस सत्रमा सहभागीहरूले आफ्ना विचारलाई व्यवहारिक व्यवसायिक अवधारणामा रूपान्तरण गर्ने, सम्भाव्यता मूल्यांकन गर्ने र सफल उद्यमको बलियो आधार तयार गर्ने सीप सिके।

उद्यमशीलता सहयोग कार्यक्रमले विद्यार्थी उद्यमीहरूलाई सफल उद्यम निर्माणका लागि आवश्यक ज्ञान, सीप र mentorship प्रदान गर्ने लक्ष्य राख्दछ। उद्घाटन समारोहलाई सफल र अर्थपूर्ण बनाउन सहयोग गर्ने सबै अतिथि, प्रशिक्षक तथा सहभागीहरूप्रति क्याम्पस हार्दिक आभार व्यक्त गर्दछ।

यो ESP कार्यक्रम विश्वविद्यालय अनुदान आयोग (UGC), कीर्तिपुर नगर उद्योग तथा वाणिज्य संघ (KMCCI), नेपाल उद्योग तथा वाणिज्य महासंघ (FNCCI) तथा कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा सञ्चालित छ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

७ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक