काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले नागरिकसँग कहिले नकारात्मक व्यवहार नगर्ने प्रतिबद्धता जाहेर गरेको छ । आइतबार काठमाडौंमा आयोजित पार्टीको एकता घोषणा कार्यक्रममा राजनीतिक प्रतिबद्धता प्रस्तुत गरिएको हो ।
सकारात्मक सोचबाट अभिप्रेरित भएर परिणाममुखी र उदाहरणीय शासन सञ्चालन गर्ने घोषणा प्रगतिशील पार्टीको प्रतिबद्धता छ । नेता–कार्यकर्ताले कुनै पनि किसिमको विभेद र अमानवीय कार्यमा संलग्न नहुने पनि उक्त पार्टीको प्रतिबद्धता छ ।










