सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चुनाव अगावै काँग्रेस महाधिवेशन गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
चुनाव अगावै काँग्रेस महाधिवेशन गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन  । बेलायतमा विभिन्न पेसा र व्यवसायमा आबद्ध भई कार्यरत लोकतन्त्रवादीहरूले नेपाली काँग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।

शुक्रवार  एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले विगतका कमी कमजोरीप्रति माफी माग्दै काँग्रेसले रूपान्तरित  हुने वाचा गर्नु पर्ने एवं  नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्ने जनाएका छन्।

“विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई  नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेसा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरू आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औँ महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौँ।  परिवर्तनलाई आत्मसात् नगरी तथा  शुद्धीकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छदै छ,  हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय  एकता र सार्वभौमिकता माथि नै खलल  पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारीहरू तथा  केन्द्रीय समितिका सबै  सदस्यज्यूहरूलाई जति सक्दो चाँडो अग्रगामी निर्णय  गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौँ।  यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरूलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

” सुशासन  तथा भ्रष्टाचार अन्त्यको माग सहित गत  सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न सन्देश दिएको हाम्रो ठम्याइ छ।  नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदायसँग हामी ऐक्यबद्धता जनाउँछौँ।  यद्यपि  नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात् गर्न  मूलधारका प्रमुख दलहरूले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ।  २००७ साल देखि नै  नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली काँग्रेस जस्तो पार्टी नै यस पटक रक्षात्मक स्थितिमा देखिएको छ।  काँग्रेसका नेता कार्यकर्ताहरूको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरूमा तोडफोड  र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री  विश्व आदर्श पण्डित, डा सम्पूर्णानन्द ढुङ्गाना, अध्यक्ष, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन युके; गजेन कटुवाल, डा बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट,  इ राम राज शर्मा, बिजन भट्ट लगायतद्वारा जारी विज्ञप्तिमा बिपी कोइरालाजस्ता नेताहरूले नेतृत्व गरेको काँग्रेस  पार्टीले थप अलमल नगरी यथाशीघ्र देशलाई निकास दिने गरी निर्णय गर्न आग्रह पनि गरिएको छ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 सुशासन  तथा भ्रष्टाचार अन्त्यको माग सहित गत  सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न सन्देश दिएको हाम्रो ठम्याइ छ।  नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय सँग हामी ऐक्यबद्धता जनाउँछौ।  यद्यपि  नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात् गर्न  मूलधारका प्रमुख दलहरूले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ।  २००७ साल देखि नै  नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली काँग्रेस जस्तो पार्टी नै यस पटक रक्षात्मक स्थितिमा देखिएको छ।  काँग्रेसका नेता कार्यकर्ताहरूको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरूमा तोडफोड  र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौँ।

जननायक बी पी कोइराला जस्ता नेताहरूले नेतृत्व गरेको यो पार्टी अहिले समयमै निर्णय लिन नसकी अलमल गरिरहेको देखिन्छ।  जनताको स्पन्दन बुझ्न र देशलाई निकास दिन नसक्ने पार्टीलाई इतिहासले पाखा लगाई दिन्छ भन्ने हेर्न हामी टाढा जानु पर्दैन,  नेपालमै थुप्रै उदाहरणहरू छन् । देशमा केही भएको छैन भन्ने जस्तो गरी स्थितिको गम्भीरता नबुझ्नु वा नबुझे जस्तो गर्नु उपयुक्त होइन।  विगतका कमी कमजोरीप्रति माफी माग्दै काँग्रेसले रूपान्तरित  हुने वाचा गर्नु पर्छ। नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्छ।

त्यसैले विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई  नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेसा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरू आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औँ महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौँ।  परिवर्तनलाई आत्मसात् नगरी तथा  शुद्धीकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छदै छ,  हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय  एकता र सार्वभौमिकता माथि नै खलल  पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारीहरू तथा  केन्द्रीय समितिका सबै  सदस्यज्यूहरूलाई जति सक्दो चाँडो अग्रगामी निर्णय  गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौँ।  यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरूलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौँ।

जय नेपाल !

  मिति: २१ नोभेम्बर २०२५

  विज्ञप्ति जारी गर्नेहरु:

श्री विश्व आदर्श पण्डित – पूर्व महामन्त्री, नेपाल विद्यार्थी सङ्घ

डा सम्पूर्णानन्द ढुङ्गाना – अध्यक्ष, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन युके

इ राम राज शर्मा – महासचिव, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन युके

गजेन कटुवाल – पूर्व केन्द्रीय अनुशासन समिति सदस्य, नेपाल विद्यार्थी सङ्घ

डा बच्चु कैलाश कैनी,  प्राध्यापक, डार्टफोर्ड युके

डा चण्डिका भट्ट – पूर्व वरिष्ठ उपाध्यक्ष, नेपाल शिक्षक सङ्घ

श्री बिजन भट्ट – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसन युके लगायत

यो पनि पढ्नुहोस्

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र काठमाडौं–१ मा तेस्रोपटक उठ्ने

५ घण्टा अगाडि
काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

काठमाडौंका १० वटै क्षेत्रमा नेकपाकाे उम्मेदवारी टुंगो

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक