बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कमला नदीमा निर्माणाधीन पुलको अगाडि बढाउने प्रतिबद्धता

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
कमला नदीमा निर्माणाधीन पुलको अगाडि बढाउने प्रतिबद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री घिसिङले भने, ‘मैले कमला पुलबारे धेरैपटक सुनिरहेको हो, पुल यस क्षेत्र र समग्रमा मधेशको लाइफलाइन हो, कमला पुलको निर्माण विना यो क्षेत्रको समग्र विकास हुन सक्दैन’ उनले भने।

मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरु सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत सम्मिलित टोलीले कमला पुलको संयुक्त अनुगमन गर्नभएको हो। अनुगमनकै क्रममा मन्त्री घिसिङ डुङ्गा चढेर धनुषाबाट सिरहा पुग्नुभएको थियो।

विसं २०६८ जेठमा रु २४ करोड ९१ लाख लागतमा पप्पु लुम्बिनी जेभीसँग पुल निर्माणका लागि सम्झौता भएको थियो। विसं २०७१ मङ्सिरमा निर्माण सम्पन्न हुनुपर्ने पुल हालसम्म सकिएको छैन । पुल निर्माणका सम्झौता हाल नवौँ म्याद थपको प्रक्रियामा छ।

विंस २०७८ असार १७ को बाढीका कारण पुलका दुई जग भासिँदा क्षति भएको थियो। कूल ४६९ मिटर लम्बाइको यो पुलको ८३ प्रतिशत भौतिक प्रगति र ८२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

मन्त्री घिसिङले विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको र दोषी देखिएकालाई कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता समेत जनाए। अनुगमनकै क्रममा मन्त्री घिसिङलाई कमला पुल निर्माण सङ्घर्ष समितिले समेत चाँडो पुल निर्माण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो।

यो पनि पढ्नुहोस्

सर्वोच्चले एनसेलसँग लिखित जवाफ माग्यो

एनसेलका २,२०० वटा टावरहरूमा क्षमता अभिवृद्धि

२ हप्ता अगाडि
रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिजको कामले तीव्रता पायाे

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक