बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेले ‘नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई सुम्पेको छ ।

आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठलाई दिएको हो ।

श्रेष्ठ यसअघि नेकपा एमालेको युवा दस्ता युथ फोर्समा आबद्ध थिए । जेनजी आन्दोलनपछि एमालेले गठन गरेको भोलेन्टियर्स फोर्सको जिम्मेवारी उनै श्रेष्ठले पाए । संयोजकको यो जिम्मेवारी पाएका श्रेष्ठ आफैं भने विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । यसअघि पटक-पटक विभिन्न कसुरमा पक्राउ गर्दै आएका श्रेष्ठको विगत केलाउनले हो भने सात वटा बढी मुद्दा खेपेको देखिन्छ ।

प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ । उनीविरुद्ध अहिलेसम्म ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ वटा अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको भेटिएको छ । पछिल्लो पटक श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २६ भदौ २०७५ मा पक्राउ गरेको थियो ।

त्यतिबेला अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी धीरजप्रताप सिंह थिए । पछि सिंह आईजीपी भएर अहिले अवकाश भइसकेका छन् । रातोपुलबाट पक्राउ परेका श्रेष्ठले त्यतिबेला ठेकदारलाई धम्क्याएको आरोप थियो । श्रेष्ठ त्यतिबेला भने माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल)को सिन्धुली जिल्ला अध्यक्ष थिए । त्यतिबेला श्रेष्ठले ओखलढुंगा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । श्रेष्ठले घर निर्माणको लागि कटुवाललाई ठेक्का दिएका थिए । घर निर्माणपछि रकम माग्दा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको आरोप थियो । त्यतिबेला प्रहरीले उनीमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)मा मुद्दा चलाएको थियो । त्यस्तै श्रेष्ठले ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बोलाएर कुटपिट गरी रकम लुटेको आरोप थियो ।

उनले कुँवरलाई आफ्ना साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औंठी, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला श्रेष्ठसहित अन्य पाँच जना पनि पक्राउ परेका थिए । श्रेष्ठ अपराधको दुनियाँमा करिब २० वर्षअघिबाटै प्रवेश गरेको पाइएको छ । पहिलो पटक उनीविरुद्ध २०६३ सालमा मुद्दा चलेको थियो । सिन्धुलीको कमलामाई नगरपालिकाका श्रेष्ठले स्थानीय गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेका थिए । पहिलो पटक सिन्धुलीमा ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो । यसअघि १९ चैत २०६४ मा उनीविरुद्ध अर्को मुद्दा चलेको सीआरएसमा देखिन्छ ।

त्यतिबेला कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा चलेको थियो । काठमाडौं महानगरपालिका–३२ का अविनाश रिजालमाथि गोली प्रहार भयो । गोली प्रहार गरी रिजालको हत्या प्रयास गरेको घटनामा जोडिएको भन्दै १७ असोज २०६५ मा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो । सिन्धुलीकै स्थानीय राजन घिसिङमाथि कुटपटि गरेको उजुरीको आधारमा श्रेष्ठमाथि अर्को मुद्दा चलेको देखिन्छ । २१ असोज २०६७ मा घिसिङमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो ।

त्यस्तै १४ फागुन २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीबाट मुद्दा चलेको भेटिन्छ । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भए । माओवादी एमाले मिलेर २०७५ सालमा नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सहइन्चार्ज बनेका थिए । रामबहादुर थापा बादल गृह मन्त्री रहेका बेला उनी बादलसँग निकट भएर ठेक्कापट्टा र असुलीमा लागेको आरोप थियो । नेकपा विभाजन भएपछि उनी एमालेमा रहे । त्यसयता उनी एमालेमै छन् र अहिले भोलेन्टियर्स फोर्सको जिम्मेवारीसम्म पाए ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक