बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीन पुस्ता- Generation X, Y र Z लाई एक प्लेटफर्ममा ल्याउँदै ‘

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
तीन पुस्ता- Generation X, Y र Z लाई एक प्लेटफर्ममा ल्याउँदै ‘
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा तीन पुस्ता- Generation X, Y र Z लाई एक प्लेटफर्ममा ल्याउँदै ‘Gen XYZ United Movement’ सार्वजनिक गरिएको छ। “One Mind, One Mission, One Future” नारासहित आएको अभियानले ११ बुँदे राष्ट्रिय सुधार एजेन्डा एकैपटक घोषणा गरेको हो । अभियानले मुलुक सुशासन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मिडिया र न्याय क्षेत्रमा देखिएका कमजोर पक्ष सुधार गर्न पुस्तागत एकता आवश्यक रहेको ठहर गरेको छ।

सार्वजनिक एजेन्डामा जिम्मेवार कर्मचारी तन्त्र, सचेत नागरिक, उत्पादनमुखी अर्थतन्त्र, मूल्य–आधारित शिक्षा, आधुनिक कृषि, डिजिटल स्वास्थ्य, सफा राजनीति, हरित शहर विकास, छिटो न्याय, तथ्य–आधारित मिडिया र साझा राष्ट्रिय दृष्टि जस्ता बुँदाहरू समावेश छन् । अभियानले परिवर्तन “घर, कार्यालय र समुदाय”बाट सुरू हुने बताउँदै नागरिकलाई सक्रिय सहभागी हुन आह्वान गरेको छ।

“अब मौन रहनु समाधान होइन”

अभियानले सार्वजनिक गरेको दस्तावेजमा मुलुक संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै नागरिकको निष्क्रियता र मौनतालाई समस्याको मूल कारणका रूपमा व्याख्या गरिएको छ।
दस्तावेजमा भनिएको छ- “अब उठ्ने समय आएको छ-रोषका साथ होइन, एकताको भावना साथ। विभाजनका साथ होइन, दृढ संकल्पका साथ।”
अभियानका अनुसार परिवर्तन न त सडकको नारा र न त भाषणबाट आउने हो, परिवर्तनको यात्रा घर, कार्यस्थल र समुदायबाट नै सुरू हुन्छ।

किन आवश्यक पर्‍यो ‘Gen XYZ’?

आन्दोलनका अनुसार Generation X, Y र Z ले एउटै प्लेटफर्ममा आएर साझा राष्ट्रिय लक्ष्य बनाउने हो भने मुलुकको direction बदल्न सकिनेछ।
• Generation X – अनुभव, सन्तुलन र परिपक्वता
• Generation Y – आधुनिक सोच, मूल्यप्रति प्रतिबद्धता, व्यवहारिक नेतृत्व
• Generation Z -साहस, नवप्रवर्तन र पुराना ढाँचाहरू तोड्ने ऊर्जा

यस्ताे भनिएकाे छ दस्तावेजमा 

“विकास विचारधाराले होइन, संस्कार र जिम्मेवारीले जन्मिन्छ।
नेपाल परिवर्तन तब सम्भव हुन्छ, जब सबैतिरबाट एउटै दिशामा अगाडि बढिन्छ।”

यी हुन् ११ बुँदे एजेन्डा 

अभियानले प्रस्तुत गरेको ११ बुँदे एजेन्डाले देशका सामाजिक, प्रशासनिक, आर्थिक र राजनीतिक संरचनामा कार्यगत सुधारको खाका बनाएको छ।

१. राजनीतिक हस्तक्षेपमुक्त, जिम्मेवार कर्मचारी तन्त्र

सेवामुखी र पारदर्शी प्रशासनिक संरचना निर्माण।

२. सचेत नागरिक निर्माण

डिजिटल साक्षरता, सूचना पहुँच र नागरिक शिक्षाको विस्तार।

३. उत्पादनमुखी अर्थतन्त्र

वैदेशिक रोजगारी निर्भरता हटाई स्थानीय उत्पादन, उद्यमशीलता र नवप्रवर्तनलाई प्राथमिकता।

४. व्यावहारिक शिक्षा

परीक्षामुखी होइन, समस्या समाधान–केन्द्रित र मूल्यमा आधारित शिक्षा मोडेल।

५. आधुनिक र लाभदायी कृषि

युवा- मैत्री कृषि प्रणाली, प्रविधियुक्त खेती र उत्पादन विविधीकरण।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

९ घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

१० घण्टा अगाडि

६. डिजिटल र पारदर्शी स्वास्थ्य सेवा

अस्पतालको जवाफदेहिता, समुदाय–आधारित स्वास्थ्य र डिजिटल प्रणाली।

७. सफा राजनीति र ईमानदार नेतृत्व

भ्रष्टाचार, नातावाद, विभाजनकारी राजनीति अन्त्य गर्दै योग्य नेतृत्वको प्रवर्द्धन।

८. हरित र मानव-केन्द्रित शहर विकास

सफा ऊर्जा, फोहर व्यवस्थापन र सार्वजनिक यातायातमा आधुनिकीकरण।

९. छिटो, सस्तो र नागरिकमैत्री न्याय

नागरिकले समान पहुँच पाउने पारदर्शी न्याय प्रणाली।

१०. तथ्यमा आधारित जिम्मेवार मिडिया

फेक-न्यूज, सनसनी र भ्रम फैलाउने अभ्यासविरुद्ध सत्य–आधारित पत्रकारिता।

११. साझा राष्ट्रिय दृष्टि

तीन पुस्तालाई एउटै राष्ट्रिय उद्देश्यमा एकताबद्ध गर्दै समृद्धि, न्याय र मर्यादित राष्ट्र निर्माण।


“परिवर्तन घरदेखि राष्ट्रसम्म”

अभियानले परिवर्तनको थालनी व्यक्तिबाटै हुनुपर्ने स्पष्ट गरेको छ।
दस्तावेजमा उल्लेख छ-
• घरमा इमानदारी र मूल्य
• कार्यस्थलमा न्याय र जवाफदेहिता
• समुदायमा विभाजन होइन, सहकार्य
यिनै अभ्यासले राष्ट्रव्यापी सुधारको आधार तयार गर्ने विश्वास अभियानले व्यक्त गरेको छ।

अभियानले के चाहन्छ?

अभियानका अगुवाहरूका अनुसार यो कुनै राजनीतिक दलसँग जोडिएको कार्यक्रम होइन।बरु नागरिक-सामाजिक जागरण अभियान हो जसले नेपालमा दीर्घकालीन र आधारभूत सुधारका लागि पुस्तागत सहकार्य खोजेको छ।

दस्तावेजले अन्त्यमा सबै नागरिकलाई आह्वान गर्दै भन्छ-“घरदेखि नागरिकसम्म, नागरिकदेखि राष्ट्रसम्म- हामी सबै मिलेर नयाँ नेपाल बनाऔँ।”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक