सिन्धुली । तीनपाटन गाउँपालिका-१० लङ्गुरखोला बस्ने २० वर्षीय धन बहादुर लामिछानेको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित लङ्गुरखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


