काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज पनि एक खेल मात्र हुँदैछ । आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ ।
खेल त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई हराएको थियो । लुम्बिनीले पहिलो खेल खेल्दै छ ।
पहिलो संस्करणमा लिग चरणमा त्यही एक खेल मात्र जितेको लुम्बिनी सबैभन्दा पहिले प्रतियोगिताबाट बाहिरिएको थियो । यसपटक फेरिएको लुम्बिनी नतिजा बदल्ने लक्ष्यमा हुनेछ ।
चितवन राइनोजको टोलीमा कुशल मल्ल, कमल सिंह ऐरी, रिजन ढकाल, दीपक बोहरा, अमर सिंह राउटेला, गौतम केसी, देव खनाल, अर्जुन साउद, विपिन आचार्य, रन्जित कुमार, विपिन रावल, रवि बोपारा, सोहेल तनभिर, डाविड मलान, सेफ अली जैब, अल्पेश रमजानी रहेका छन् ।


