शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वोच्चको उच्चस्तरीय टोली भारत भ्रमणमा जाने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
सर्वोच्चको उच्चस्तरीय टोली भारत भ्रमणमा जाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा सर्वोच्च अदालतको उच्चस्तरीय टोली दुई दिनपछि भारत भ्रमणमा जाँदैछ । भूषण रामकृष्ण गवाईको अवकाशपछि नवनियुक्त प्रधानन्यायाधीश सूर्यकान्त शर्माको शपथ ग्रहण समारोहमा भाग लिन टोली शनिबार भारतको नयाँ दिल्ली जान लागेको हो । प्रधानन्यायाधीश राउत नेतृत्वको टोलीमा सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, मुख्य रजिष्ट्रार विमल पौड्याल लगायतहरू छन् । सरकारले मंगलबार मात्रै मन्त्रिपरिषद् बैठकबाट उद्योगमन्त्री अनिलकुमार सिन्हालाई भारत भ्रमणको अनुमति दिएको छ । मन्त्रिपरिषद्ंबाट स्वीकृत कार्यक्रम अनुसार उनी ८ मंसिरमा राष्ट्रपति भवनमा हुने नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रममा भाग लिनेछन् र पर्सिपल्ट अर्थात् १० मंसिरमा सर्वोच्च अदालतमा आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुनेछन् ।

सिन्हा सर्वोच्च अदालतको संवैधानिक इजलासमा समेत बसेर अवकाश भएका न्यायाधीश समेत हुन् । तीन साता अघिमात्रै प्रधानन्यायाधीश राउत, बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश विनोद शर्मा लगायतको टोलीले बंगलादेशको भ्रमण गरेको थियो । सर्वोच्च अदालतका एक न्यायाधीशले सिलसिलेवार रुपमा भइरहेका भ्रमणप्रति असन्तुष्टि जनाउँदै भ्रमणस्थल र एजेण्डाबारे न्यायाधीशहरू सजग हुनुपर्ने टिप्पणी गरे । गत वर्षको प्रदर्शनका कारण बंगलादेश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

सडक प्रदर्शनले त्यहाँ प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका ९ जनाले राजीनामा दिएका थिए । कुनै कार्यक्रम वा औपचारिक सन्दर्भविना प्रधानन्यायाधीश राउत यसअघि बंगलादेश पुगेका थिए । अहिलेको भ्रमणमा पनि त्यसैगरी प्रश्न उठ्नसक्ने ती न्यायाधीशले बताए । उनका अनुसार, छिमेकी मुलुकमा प्रधानमन्त्री नियुक्त हुँदा शपथग्रहणमा मित्रराष्ट्रका प्रधानमन्त्रीहरूलाई बोलाउने अभ्यास भएपछि प्रधानन्यायाधीशले शपथ लिँदा छिमेकी समकक्षीहरुलाई आमन्त्रण गर्ने अभ्यास छैन ।

‘यही शैली कायम रह्यो भने हामीले उनीहरूलाई बोलाउने कि नबोलाउने ? कुन–कुन छिमेकीले बोलाएको शपथमा कुदेर जाने ?,’ ती न्यायाधीशले भने, ‘आत्मसंयमयुक्त पदमा रहनुपर्नेहरू यसरी निमन्त्रणा पाउनासाथ उत्साहित हुनुपर्ने जरुरी थिएन ।’ दुवै कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल समेत सहभागी हुँदैछिन् । नेपालको संविधानमा प्रधानन्यायाधीशको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा हुने व्यवस्था छ । अघिल्लो पटक प्रधानन्यायाधीश राउत, बरिष्ठतम न्यायाधीश मल्ल विदेश भ्रमणमा गएका बेला उनीपछिका बरिष्ठतम न्यायाधीश कुमार रेग्मी समेत चीनको एक कार्यक्रममा सहभागी भएपछि न्यायाधीश हरि फुयालले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए ।

सर्वोच्च अदालत सम्बद्ध स्रोतका अनुसार, अहिले पनि त्यही अवस्था आउँदैछ । न्यायाधीश कुमार रेग्मी एक नातेदारको निधनका कारण गृहजिल्ला जाने तयारीमा छन् । अहिले सर्वोच्च अदालत विषम परिस्थितिमा छ । जेन–जी आन्दोलनपछिको आगजनी र तोडफोडका कारण अदालतका अधिकांश कागजात जलेका छन् । चौतर्फी सक्रियतापछि बल्लतल्ल केही इजलासहरूको व्यवस्थापन भएको छ, मुद्दाका जलेका कागजातहरू संकलन हुन बाँकी छन् । ती न्यायाधीशले भने, ‘यस्तो विषम परिस्थितिमा नेतृत्वले बारम्बार विदेश भ्रमणमा मोह राख्नु न्यायपालिकाका लागि उचित भएन ।’

यो पनि पढ्नुहोस्

जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

जेनजी घटनाको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप

३ मिनेट अगाडि
बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक