काठमाडौं । देशमा विद्यमान अवस्थालाई ध्यानराखी संयुक्त अभियान समुहद्वारा आउँदो शनिबार मंसिर ६ गते विहान ११: ३० बजे साँस्कृतिक शान्ति तथा सद्भाव र्याली गरिने भएकाे छ ।
भाद्र २३ र भाद्र २४ गतेको अशान्तिपूर्ण वातावरणले पारेको प्रभावलाई ध्यानमा राखी शुरू हुन लागेकाे साँस्कृतिक शान्ति तथा सद्भाव र्याली पाटन दरबार स्क्वायरबाट सुरू हुने भेला बसन्तपुर दरबार स्क्वायरमा समापन हुने कार्यक्रम रहेकाे छ । विद्यमान तरल अवस्था मौलिक सम्पदा तथा समुदायको रक्षार्थ, पौरख गौरब हाम्रो संस्कृति महान राष्ट्र र राष्ट्रियता बचाउन साँस्कृतिक शान्ति तथा सद्भाव र्यालीमा सम्पुर्ण दाफा खलः पुचः परिवारलाई आयोजकले अनुरोध गरेका छन् ।
सामुहिकतामा आधारित सांस्कृतिक एकताबाट देशलाई दिशानिर्देश गर्नुको विकल्प नरहेकाे आयोजकले जानकारी गराएकाे छ । साे सामूहिक भेला मार्फत शान्तिका लागि सांस्कृतिक कार्यक्रम तय गर्न राष्ट्रिय सामाजिक संघ संस्था, खलः पुचः सांस्कृतिक तथा जातीय समाज लगायत स्वाधीन अभियानकर्मी तथा शुभ चिन्तकहरुलाई उपस्थित हुन समेत संयुक्त अभियान समूहको मूख्य संयोजक राजमान मानव आह्वान गरेका छन् ।
गत कार्तिक २९ गते ललितपुर च्यालसमा रहेकाे ज्यापु समाजमा बसेको बैठकबाट यस्तो निर्णय गरिएको थियाे ।
सो कार्यक्रममा नेवाः अभियान्ता अनिष बैद्यले नेवार समुदायलाई एक ढिक्का बनाउने संगठनका सदस्यहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थ त्याग्नु पर्ने विधान आवश्यक रहेको जनाए । उनले नेवार समुदायको सन्दर्भमा सबैले भन्न सुहाउने कोड अफ कन्डक्ट स्पष्ट हुनु पर्ने जानकारी गराए । साथै अहिलेको जटिल अवस्थामा देश बचाउने सवालमा राज्यको मूल्य मान्यता सिद्धान्त अनुरुप नागरिक समाज गठन गर्न आवश्यक रहेको औल्याए । साथै नेवार समुदायको एकता तथा संस्कृति, अमूर्त सम्पदा बचाउन सवालमा एक ढिक्का हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमका अतिथि जटाधारी नृत्यनाथ बाजं खलका संस्थापक अध्यक्ष मू गुरु राजेन्द्र महर्जनले उपत्यकाका नेवार समुदायहरु विविध राजनैतिक क्षेत्रमा खाली प्रयोग मात्रै भइरहेको जनाउँदै उनले हाम्रो बाजा गाजाहरु कस्तो कार्यक्रममा प्रयोग गर्नु हुन्छ रु आजकल केपी आएपनि धिमे बाजा बजाउने, खाली मनोरञ्जनको पाटोका रुपमा मात्रै प्रयोग भइरहेकोको खेद प्रकट गर्दै भन्नु भयो हाम्रो बाजागाजाहरु सभा समारोहहरुमा कहाँ बजाउने हुने तथा नहुने विधान, नियम रहेको स्पष्ट पारेका थिए ।
हाम्रो पुर्खा सिर्जिएका परम्परागत बाजा गाजाहरू ऋतु अनुरूप मात्रै बाजा बजाउन मिल्ने जानकारी गराए । उनले आफुले नेवार समुदायको एकताका लागि सक्दो सहयोग गर्ने प्रतिबद्र्धता राखे ।
सो कार्यक्रममा खोला मापदण्ड तथा भूमि अधिकार संरक्षण समितिका अध्यक्ष श्याम कृष्ण प्रजापतिले पिडितहरु अहिले आफ्नो मुख देखाउन सक्ने अवस्था छैन । खोला मापदण्ड मात्र नभई भूमिअधिकार सवालमा आफूहरूले आवाज बुलन्द बनाउँदै आई रहेको जनाए । उनले खोला मापदण्डको सवाल बैज्ञानिक आधार नभई मन लाग्दो ढंगबाट मापदण्ड निर्धारण गरिएको छ ।
कार्यक्रमका अतिथी तारानाथ श्रेष्ठले हाम्रो नेवार समुदायको बौद्विक नेतृत्व बढि भए पनि राजनैतिक नेतृत्व एक दमै खस्किदै गइरहेको आफूलाई महशुस भएको छ । उनले हामी एटोमेटिक रुपमा शक्ति हौंओ, हाम्रो सांस्कृतिक, एैतिहासिक, भौगोलिक तथा जुनसुकै पक्षबाट हेर्दा पनि हामी एलरेडी फोर्स हो । अहिले त्यो शक्ति धेरै नराम्रो सित खेर गईरहेकोले त्यो शक्तिलाई एकत्रित गर्नका लागि एउटा साइकलको चेनको डाटी बन्न आफु तयार रहेको जनाए ।
सो कार्यक्रमका अतीथी नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले अहिले सवालमा नेवाः एकता छलफलको विषय नभएको जनाए । उनले एकताको सवालमा शतप्रतिशत सहि नहुने जनाए । २१ औं शताब्दीमा निषेधको राजनीति गर्न नहुने जनाए । अहिलेको सन्दर्भमा नेवाः एकता गर्नलाई संगठनलाई बनाउन लागेको हो भने सो कार्य नगर्न समेत अनुरोध गरे ।



