काठमाडौं। एन्फा कम्प्लेक्सको गेट अगाडि आज ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने भएको छ।
ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै शहीद स्मारक लिगका क्लबहरूले भोलि एन्फाको गेटमा आन्दोलन चर्काउने भएका हुन् ।
क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्चालन गर्न माग गरेका छन् ।



