काठमाडौं । मोरङ, कटहरी गाउँपालिका-७ तकिया बस्ने बुध नारायण सरदारको घरमा बुधबार साँझ आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-२७ कालीगण्डकी चोकस्थित सोही ठाउँ बस्ने सुबिना विकले संचालन गरेको कस्मेटिक फेन्सी पसलमा विद्युत सर्ट भई बुधबार बेलुकी आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-५ जनता चोक बस्ने आवास मियाको गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, गौरादह नगरपालिका-६ आरतीनगर बस्ने तुलसी राम न्यौपानेको धानको कुनिउमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


