बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अन्तरिम सरकार विदेशीकै हो ? दलहरु जोडिने संकेत !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

जेनजी आन्दोलनको बलमा गठन भएको चुनावी सरकारले दुई महिना कार्यकाल पूरा गरिसकेको छ । यसबीचमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमाथि विदेशी शक्तिको प्रभाव रहेको आरोप लाग्ने गरेको छ । विभिन्न राजनीतिक दलका नेताहरुले कार्की सरकारमाथि विदेशी शक्तिको चलखेल रहेको आरोप लगाउँदै आएका हुन् । एमालेले सरकारलाई विभिन्न आरोप लगाउँदै संसद् पुनस्र्थापनाको बाटोमा जाने निर्णय नै गरेको छ । कांग्रेसमा पनि संसद् पुनःस्थापनाका लागि केही पूर्वसांसदले हस्ताक्षर अभियान थालेका छन् । यस्तै दलहरुबीच एकताको माहोल पनि बनेको छ ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बीच एकता भएको छ । यसअघि माओवादी, एकीकृत समाजवादीलगायतका १० वामपन्थी दल मिलेर एकता भएको थियो । यसले जेनजी आन्दोलनयता वाम दललाई एकताको बाटोमा अघि बढाएको देखिन्छ । जुन सकारात्मक देखिन्छ । मंगलबार पार्टी एकता कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदीले सरकारलाई विदेशी शक्तिको आरोप लगाए । जुन सोचनीय विषय हो । सरकारमा विदेशी प्रभावको आरोप लाग्नु सामान्य विषय होइन । यसमा सरकारको नेतृत्व गरिरहेका अधिकारीले नै स्पष्ट पार्नु आवश्यक हुन्छ ।

अर्कोतर्फ, वामपन्थी दलहरुको एकता स्वागतयोग्य विषय हो । नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन । अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र अन्य वामपन्थी दल एक हुन सकेका छैनन् । कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ । यही कारण जेनजीले गरेको आन्दोलनमा नेताहरुको घर पनि निशानामा परेका छन् । यो आन्दोलनले केही वामपन्थी दललाई एकत्रित गर्नु भने सकारात्मक मान्न सकिन्छ ।

विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल भने खस्किँदै गएको छ । कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमाथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् । यसले सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ ।

त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको सहकार्य अत्यावश्यक देखिएको छ ।

अब दलहरु मात्र जनताको एजेन्डाको विषय होइन, पुराना र पटकपटक अवसर पाएर परीक्षण भइसकेका नेताहरुको विषय पनि अहम् बनेको छ । पुराना दलहरुले अहिले जुन नेताको पैरवी गर्दै आएका छन्, उनीहरुको योग्यताको वर्षौंअघि नै परीक्षण भइसकेको छ र बारम्बार असफल भइसकेका हुन् । पञ्चायतकालमा राजनीतिक वृत्तमा उदाएका शेरबहादुर देउवा, त्यही समयका केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी जनयुद्धबाट आएका प्रचण्ड, बाबुराम भट्टराई जस्ता नेताहरुले ६० र ७० को दशकमा नै बिदा लिनुपर्ने हो । किनकि उनीहरुले जनताको भरोसा गुमाउँदै आएको स्पष्ट भएको थियो । तर, पदलिप्सा र सत्तालिप्साका कारण उनीहरु बारम्बार नेतृत्वमा नै बस्ने, अरुलाई अघि बढ्न नदिने गरे । भ्रष्टाचार, अनियमितताको आरोप उनीहरु तथा निकटका व्यक्तिहरुमाथि लागे पनि निष्पक्ष छानबिन र कारबाही हुन सकेन । यही बेथिति हटाउन नै जेन–जीको आन्दोलन भएको हो ।

जेन–जी आन्दोलनले अब पुराना दलका युवा नेतामाथि प्रश्न उठाएको छ, के अब पनि निरीह बनेर पार्टीमा उही पुराना र बारम्बार असफल भइरहेका नेताहरुको आदेश मान्दै बस्ने कि विद्रोह पनि गर्ने ? तर यसविपरीत पुराना पार्टीका दोस्रो पुस्ताका नेताहरुको बोली पनि उनी शीर्ष नेताहरुको जस्तै आएको छ । शीर्ष नेताहरुले त झन् पार्टी नेतृत्व हस्तान्तरण गर्ने कुनै मनसाय नै देखाएका छैनन् । यस्तो अवस्था आउनु भनेको पुराना दल र तिनका शीर्ष नेतामाथि झन् ठूलो संकटको संकेत हो । यसलाई नेताहरुले बेलैमा बुझ्न जरुरी छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक