सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाली र अमेरिकी सेनाबीच ‘ल्यान्डफोर्स टक’ हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल–अमेरिकाबीच परामर्श संयन्त्रमा हस्ताक्षर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्यान्डफोर्स टक’ हुने भएको छ।

बुधबारदेखि काठमाडौंमा सुरू हुने ‘ल्यान्डफोर्स टक’मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेका हुन्।

अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। उच्च सैन्य स्रोतका अनुसार उनीहरू मंगलबार साँझ कोरियन एयरको जहाजबाट काठमाडौं आएका हुन्। उक्त ‘ल्यान्डफोर्स टक’ तीन दिनसम्म चल्नेछ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली र अमेरिकी सेनाबीच ल्यान्डफोर्स टकको छैटौं संस्करण बुधबारबाट सुरू हुने जनाए।

प्रवक्ता बस्नेतले भने, ‘ल्यान्डफोर्स टकमा मानवीय सहायता, प्राकृतिक विपद् व्यवस्थापनलगायत विषयबारे छलफल हुनेछ।’ छलफलमा परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूसमेत सहभागी जनाउँदैछन्। सन् २०१८ बाट सुरू भएको ल्यान्डफोर्स टक हरेक वर्ष नेपाल र अमेरिकामा आलोपालो हुँदै आएको छ।

ल्यान्डफोर्स टकमा सैन्य सहायतालगायत नेपाली सेनालाई सबलीकरणको बारेमा छलफल हुने बताइएको छ। नेपाली सेनाले प्रत्येक वर्ष भारतीय सेनासँग अभ्यास सूर्यकिरण र चिनियाँ जनमुक्ति सेनासँग सगरमाथा फ्रेन्डसीप नामको सैन्य अभ्यास गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने

कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने

४ मिनेट अगाडि
शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

५४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

बालेन, लामिछानेसहितका नेताहरू आज जनकपुर जाने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक