काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ ।
नेपाललाई मलेसियाले १-० ले पराजित गरेको हो । मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक गोल बन्यो । यसअघि मलेसियासँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो । यस छनोट चरणमा नेपाल हालसम्म जितविहीन छ । नेपालले योसँगै लगातार पाँचौं हार बेहोरेको हो ।


