शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

२५ लाख रुपैयाँ चन्दा लेनदेन गोप्य सम्झौता भएको खुलेपछि विवाद

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) का आयोजक नेपाल क्रिकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थी कल्याणकारी कोष तथा केन्द्रीय क्याम्पस स्ववियुबीच २५ लाख रुपैयाँ चन्दा लिने–दिने गोप्य सम्झौता भएको खुलेपछि त्रिवि भित्र नयाँ विवाद सुरु भएको छ।
सम्झौता विश्वविद्यालयका आधिकारिक निकाय—कार्यकारी परिषद्, रेक्टर कार्यालय वा रजिस्ट्रार कार्यालयलाई नजानकारी गराई विद्यार्थी संगठनको दबाबमा गरिएको खुलासा त्रिवि स्रोतहरूले पुष्टि गरेका छन्।
क्यानले नाफाबाट १५ लाख विद्यार्थी कोषलाई, १० लाख स्ववियुलाई सम्झौताअनुसार एनपीएलबाट आउने नाफामध्ये १५ लाख रुपैयाँ विद्यार्थी कल्याणकारी कोषमा र १० लाख रुपैयाँ स्ववियु कोषमा जम्मा गरिने उल्लेख छ। त्रिविको जग्गा क्यानले वार्षिक ९ लाख भाडामा प्रयोग गर्दै आएको भए पनि यो २५ लाख अतिरिक्त रकम हो।
क्यान तर्फबाट सचिव पारस खड्का र सदस्य श्रीधर केसीले हस्ताक्षर गरेका छन्। त्रिवि तर्फबाट विद्यार्थी कल्याण प्रमुख दीपेन्द्र पराजुली, स्ववियु अध्यक्ष दीपकराज जोशी, उपाध्यक्ष सनम वली लगायतले हस्ताक्षर गरेका छन्।
विद्यार्थी संगठनको दबाबमा सम्झौता?
त्रिवि प्राध्यापक तथा पूर्वस्ववियु सचिव सिद्धान्त भट्टले विद्यार्थी युनियनले विश्वविद्यालयको जग्गा भाडामा लगाएर रकम उठाउनु गैरकानुनी भएको जनाए । रेक्टर खड्ग केसीले समेत सम्झौताबारे आफूलाई थाहा नदिइएको प्रतिक्रिया दिएका छन्।
यो सम्झौता क्यानले निःशुल्क टिकट र भीआईपी पास वितरण बन्द गरेपछि विद्यार्थी संगठनहरूले एकमुश्ट रकम माग्दै गर्दा भएको स्रोतले जनाएका छन्।
गत वर्षको विवाद– पार्किङ शुल्क र भीडभाड
पहिलो एनपीएलका क्रममा स्ववियुले विद्यार्थीबाट पार्किङ शुल्क उठाएको तथा खेलका कारण क्याम्पसमा पढाइ प्रभावित भएको गुनासोपछि यो वर्ष क्यानले छात्रावास वरपर तारबार, रङ्गशालाभित्र पार्किङ निषेध लगायतका सुरक्षा व्यवस्था स्वीकार गरेको छ।
सम्झौताबारे विद्यार्थी नेताहरूको दाबी
स्ववियु अध्यक्ष दीपकराज जोशीका अनुसार रकम ‘विद्यार्थी हितका लागि मात्र’ लिइएको हो।
“क्यानले स्वेच्छाले दिएको हो,” उनले दाबी गरे, “विश्वविद्यालयको सरसफाइ र वातावरण संरक्षणमा लगाइन्छ।”
तर प्राध्यापक र प्रशासन भने यो सम्झौता प्रक्रियागत रूपमा उल्लङ्घन भएको दाबी गर्दै छन्।
त्रिविको जग्गा भाडा सम्झौता २०८३ वैशाखमा सकिँदै छ, र त्यसअघि फेरि नयाँ विवादाले विश्वविद्यालयको पारदर्शिता र प्रशासनिक जिम्मेवारीबारे प्रश्न खडा गरेको छ।

यो पनि पढ्नुहोस्

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

१ घण्टा अगाडि
किरण चेम्जोङले बंगलादेशी क्लब छाडे

किरण चेम्जोङले बंगलादेशी क्लब छाडे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक