काठमाडौं । टोखा नगरपालिका-६ टोल बस्ने ज्ञानकाजी डंगोलको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु खरिबोट जनजागृति टोल डेरा गरी बस्ने सोही महानगपालिका-२ लाजिमपाट घर भएकी ५० वर्षीया सुनिता डंगोलको कोठाबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब ३ लाख २७ हजार रूपैयाँ बराबरको धनमाल सोमबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

