आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

यसरी सडक कुकुरमुक्त मुलुक बन्यो नेदरल्याण्ड्स, हामीले के सिक्ने ?

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
यसरी सडक कुकुरमुक्त मुलुक बन्यो नेदरल्याण्ड्स, हामीले के सिक्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

४ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

५ घण्टा अगाडि

‘यी भएभरका कुकुरलाई मारिदिए हुन्थ्यो है, फेरि कहिल्यै नजन्मने गरी ।’

हामी भक्तपुर सुडाल क्षेत्रमा घुम्दै थियौं । कतै कुकुरलाई साँघुरो खोरमा थुनिएको थियो, कतै खिया लागेको ठूला साङ्लोले बाँधिएको थियो । न चर्को घाम भन्न पाउने, न झरी भन्न पाउने । ती अबोध कुकुरहरूको जीवन कति कष्टकर होला ?

तिनीहरूको बिजोग हालत देखेर मन खिन्न भयो । र, मैले छोरीसँग भनेको थिएँ, ‘बरु यी कुकुरहरू धर्तीबाटै हटाइदिए हुन्थ्यो । कम्तीमा दुःख पाउने थिएनन् ।’

छोरीको जवाफ यस्तो थियो, ‘हुन्न पापा, यिनीहरू लिभिङ हिस्ट्री हुन् ।’

आदिम युगदेखि कसरी कुकुर र मान्छेबीच घनिष्ठता बढ्यो ? त्यसपछि कुकुरले कसरी मानव सभ्यताका लागि आफ्नो योगदान दिए ?

छोरीले बेलिबिस्तार लगाइन् । उनले के पनि भनिन् भने, ‘सडकका कुकुरलाई हटाउने वा मार्ने होइन । बरु व्यवस्थापन गर्ने हो ।’

कसरी त ? उदाहरण रहेछ, नेदरल्याण्ड्स ।

नेदरल्याण्ड्समा के गरियो ?

नेदरल्याण्ड्समा सडक कुकुरहरू छैनन् । यसको अर्थ त्यहाँ कुकुरहरू नष्ट गरिएका होइनन्, व्यवस्थापन गरिएको हो । सन् १८०० र १९०० को दशकमा त्यहाँ पनि सडक कुकुर ‘ठूलो समस्या’ मानिएको थियो । यो समस्याको कसरी हल गर्ने त ? यसको उपाय निकालिएको थियो, ‘ति सबै कुकुर मार्ने ।’ तर यो व्यवहारिक र वैज्ञानिक तरिका थिएन ।

अर्को उपाय अपनाइयो, घरमालिकले आफ्नो कुकुर छाड्न नहुने । हरक्षण डोरीले बाँधेर राख्नुपर्ने । ‘कुकुर कर’ पनि लगाइयो । तर, यसको उल्टो असर पर्‍यो । मान्छेहरूले कर तिर्न नपरोस् भनी पालेका कुकुरहरू सडकमा ल्याएर छाड्न थाले ।

२० औं शताब्दीको अन्त्यतिर नेदरल्याण्ड्सले यसको दिगो उपायको खोजी गर्‍यो । साथसाथै मानवतामुखी पनि । यसका लागि पशु हिंसाविरुद्ध कडा कानुन पारित गरियो । यदि पशुलाई बेवास्ता वा दुर्व्यवहार गरिएमा तीन वर्षसम्म जेल र जरिवाना हुने ।

तीन कदम, जसले सडक कुकुर व्यवस्थापन सम्भव भयो ।

एक

सरकारले डग ब्रिडर वा व्यवसायिक केनल क्लबबाट किनेको कुकुरमा उच्च कर लगायो । यसले गर्दा सडकका वा सेल्टरका कुकुरहरू अपनाउन (एडप्ट गर्न) प्रोत्साहित गर्‍यो ।

दुई

कुकुरलाईलाई खोप लगाउने, बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरियो, जसले कुकुरको संख्या नियन्त्रणमा सहयोग पुग्यो ।

तीन

कुकुरको उद्धार कल्याणका लागि विशेष ‘पेट पुलिस’ एकाई स्थापना गरियो । पशु क्रुरताको कडा कानुन बनाइयो । पशु कल्याण मापदण्डमा नेदरल्याण्ड्स अग्रणी मुलुक हो । त्यहाँ कुकुरलाई सताउनु, लखेट्नु, यातना दिनु, लामो समय बाँधेर राख्नु, खोरभित्र थुन्नु अपराध मानिन्छ । त्यति मात्र होइन, लामो समयसम्म एक्लै छाड्न, गाडीभित्र थुनेर राख्न पाइँदैन ।

एकातिर नेदरल्याण्डमा पशु कल्याणको कानुन कडा छ भने अर्कोतिर जनचेतना पनि उच्च छ । त्यहाँ सानै उमेरदेखि बालबालिकालाई पशुहरूको माया र सम्मान गर्न सिकाइन्छ । विद्यार्थीलाई कुकुरहरूको हेरचाहबारे पनि सिकाइन्छ ।

नेदरल्याण्ड्समा कुकुर व्यवस्थापनका लागि मुख्य रूपमा ‘जनवार कानुन’ मा आधारित छ, जसलाई २०११ म संशोधन गरी थप कडा बनाइएको थियो ।

नेदरल्याण्ड्सको कुकुर व्यवस्थापन कानुन मुख्य रूपमा ’जनावर कानुन’ (Animals Act १९९२) मा आधारित छ, जसलाई २०११ मा संशोधन गरी थप कडा बनाइएको थियो । यो कानुनले कुकुरहरूलाई ‘सहयोगी जनवार’को रूपमा वर्गीकरण गर्छ र उनीहरूको कल्याणलाई मानव अधिकारसँग जोड्छ ।

जिम्मेवार मालिक

नेदरल्याण्ड्समा मालिकले कुकुरको सम्पूर्ण विवरण दर्ता गराउनुपर्छ । ७ हप्ताभित्र माइक्रोचिप लगाउन अनिवार्य छ । यसले गर्दा कुकुरलाई मालिकले जथाभावी छाड्न, लखेट्न पाउँदैनन् । कसको कुकुर हो, कसरी पालिएको छ सबैकुरा थाहा हुन्छ । कुकुर हरायो भने पनि सजिलै फेला पार्न सकिन्छ ।

खोप र स्वास्थ्य

कुकुरलाई अनिवार्य र नियमित रूपमा रेबिजलगायत रोगविरुद्ध खोप लगाइदिनुपर्छ । वार्षिक रुपमा उनीहरूको स्वास्थ्य जाँच गरिदिनुपर्छ । सडक कुकुरको हकमा भने स्थानीय प्राधिकरणले निःशुल्क खोप शिविर सञ्चालन गर्छ ।

बन्ध्याकरण र प्रजनन नियन्त्रण

सडकका कुकुर तथा मान्छेले पालेका कुकुरलाई बन्ध्याकरण गर्न प्रोत्साहित गरिन्छ । साथै कुकुर प्रजनन गराएर बेचबिखन गर्ने व्यवसायलाई नियमन गरिएको छ । तिनीहरूले जथाभावी र अत्यधिक प्रजनन गराउन पाउँदैन । अवैध प्रजनन गरेमा एक वर्ष जेल सजाय दिइन्छ ।

हिंसा र क्रुरता प्रतिबन्ध

त्यहाँ कुकुरमाथि कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसा प्रतिबन्धित छ । कुकुरलाई ‘भावनात्मक प्राणी’ मानेको छ र उनीहरूलाई दुःखी बनाउनुलाई अपराध ठान्छ । साङ्लाले बाँधेर राख्नु, अपुग खाना दिनु अपराध हो ।

कुकुर पालनपोषणको प्रथा

नेदरल्याण्ड्समा कुकुर पाल्नु एक सांस्कृतिक परम्परा हो । हरेक १०० घरमध्ये २० घरमा कुकुर पालिएका छन् । त्यहाँ कुकुरलाई परिवारको सदस्य जसरी पालनपोषण गर्नुपर्छ ।

१. एडप्ट गर्ने प्रक्रिया

नयाँ कुकुर पाल्नुअघि कुकुरको आनीबानी, खानपान, स्यहारसुसार आदिबारे तालिम लिनुपर्छ । कसरी कुकुरलाई स्वस्थ राख्ने, कसरी खुसी राख्ने, कसरी सामाजिक बनाउने ? यससका लागि मालिकले जिम्मेवारी लिनुपर्छ ।

२. दैनिक हेरचाह

कुकुरहरूलाई दैनिक १–२ घण्टा व्यायाम चाहिन्छ । नेदरल्याण्ड्सका शहरहरूमा ‘डग पार्कहरू’ छन्, जसमा कुकुरहरू स्वतन्त्र खेल्न सक्छन् । खाना ताजा र सन्तुलित हुनुपर्छ । प्रशोधित खानेकुरा कम प्रयोग हुन्छ । स्वास्थ्यका लागि वार्षिक भेटेरिनरी चेकअप अनिवार्य छ ।

३. सामाजिकीकरण र प्रशिक्षण

कुकुरहरूलाई अन्य जनावर र मानिसहरूसँग सामाजिक बनाइन्छ । ‘पप्पी ट्रेनिङ कोर्स’ लोकप्रिय छन्, जसमा कुकुरहरूलाई आज्ञाकारी बन्न सिकाइन्छ । शहरहरूमा ‘डग क्याफेहरू’ छन्, जहाँ मालिकहरूले कुकुरहरूसँग समय बिताउँछन् ।

४. विशेष आवश्यकता

वृद्ध वा विकलाङ्ग कुकुरहरूका लागि विशेष सुविधाहरू छन् । उदाहरणका लागि, ‘सिनियर डग होम’ मा बेवारिसे वृद्ध कुकुरहरूलाई हेरचाह गरिन्छ ।

नेदरल्याण्ड्समा कुकुर पालनपोषण पर्यावरण–अनुकूल छ । कुकुरहरूका लागि इको–फ्रेन्डली खेलौनाहरू प्रयोग हुन्छन् र प्लास्टिक ब्याग प्रतिबन्धित छ । यसले कुकुरहरूलाई स्वस्थ र खुसी राख्छ । ।

सडक वा सहरमा बेवारिसे कुकुरहरूको स्थिति

नेदरल्याण्ड्सका शहरहरूमा बेवारिसे कुकुर लगभग देखिँदैन । यसको कारण भनेको कुकुरप्रति त्यस समाजको सचेतना र सौहार्दपूर्ण व्यवहार हो । कुकुर पाल्नका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारी । ब्रिडिङ वा व्यवसायिक कुकर उत्पादनलाई निरुत्साहित । र, कुकुरमाथि हुने क्रुरता वा कुनैपनि किसिमको हिंसामा कडा कानुनको प्रावधान ।

यी कुराहरूले नेदरल्याण्ड्समा सडक कुकुर व्यवस्थापन सहज र उदाहरणीय छ ।

लेखक

शिव मुखिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक