सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार सम्मेलनमा प्रस्तुत संयुक्त प्रेस बक्तब्य

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रकार सम्मेलनमा प्रस्तुत संयुक्त प्रेस बक्तब्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल कम्युनिष्ट पार्टी र  नेकपा (मार्क्सवादी) अलगअलग हुँदै हालै सम्पन्न  गरेका बैठकका निम्न निर्णयहरुलाई दुवैले स्वामित्व ग्रहण गर्ने सहमति भएअनुसारका केही तात्कालिक जरुरी महत्वका निर्णय र कार्यक्रमहरु यसप्रकार छन् :

१. सिङ्गो नेपाल र किसान, मजदुरलगायतका सम्पूर्ण शोषित-पीडित वर्ग र समुदायहरुको स्वाधीनता र प्रगतिको लागि विश्वस्तरमा अकाट्य प्रमाणित सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओविचारधारा हो । यसैको सैद्धान्तिक र सिर्जनात्मक आलोकमा नेपाल कम्यनिष्ट पार्टीका संस्थापक वैचारिक नेता कमरेड पुष्पलालका वस्तुवादी र क्रान्तिकारी नीति र कृतिका वरीपरी गोलवन्द भै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा सकृय रहेका नेपालका दुई कम्युनिस्ट पार्टीहरु क्रमशः नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीको गत २०८२ भाद्र ३० गते तदनुरुप १५ सेप्टेम्बर २०२५ मा ऐतिहासिक एकता घोषणा भएको थियो । तत्पश्चात आज पुन: नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्यिनष्ट पार्टी (मार्क्सबादी)का बीच एकीकृत भइ नेपाल कम्युनिस्ट पार्टीको पुनर्निर्माण भएकोछ । यो एकता अघी नेपाल कम्युनिस्ट पार्टीको गत साता ढल्केबर धनुषामा भएको केन्द्रीय समितिको प्रथम बैठकका केही निर्णयहरु र नेकपा ( मार्क्सवादी) को गत २२ गते काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकका केही निर्णयहरु आवश्यक र सामयिक भएकाले तिनलाई नवनिर्मित नेकपाले स्वामित्व लिई औपचारिकरुपमा सार्वजनिक गर्न हामी अहिले यहाँ उपस्थित छौं ।

२. बैठकले प्रथमतः प्रष्ट बिचार, सिद्धान्त र नीतिका आधारमा गरिएको यो पार्टी एकतालाई सुदृढ, सबल र विस्तार गर्दैजाने महत्वपूर्ण निर्णय लिएको छ । यससन्दर्भमा पार्टीको एकतालाई बचाइराख्न लेनिनको “छलफलमा स्वतन्त्रता र कामकाजमा एकरुपता” को सिद्धान्त अनुसार कमरेड पुष्पलालले अवलम्बन गरेको ‘पार्टीभित्र आफ्ना विचारहरु खुलस्त राख्ने तर पार्टीको एकतालाई नतोड्ने’ जस्तो क्रान्तिकारी परम्परा र संस्कारलाई दृढतापूर्वक अवलम्बन गर्दै अझ उच्चरुपमा विकास गर्ने प्रण समेत गरेको छ ।

३. यसै क्रममा मानवजातिकै जीवनदायी शक्ति, नेपाली नयाँ जनबादी आन्दोलनको मेरुदण्ड र नेपाली राष्ट्रियताको सच्चा पहरेदार नेपाली शोषित-पीडित गरीव-दुखी किसानहरु नै भएकाले यिनको मुक्ती र प्रगतिको लागि बैठकबाट ‘किसानसँग नेकपा : सच्चा राष्ट्रिय एकता’ भन्ने अभियान चलाउने तथा किसान र कृषि समस्या समाधानका लागि निष्कर्षमूलक र परिणामदायी अन्तरक्रियाहरु गर्ने र किसान घरदैलो अभियान चलाउनेजस्ता महत्वपूर्ण निर्णयहरु लिइएको छ । यस अन्तरगत निम्न नारा तय गरिएका छन् : * किसानलाई जमिन, जल, जंगल, जटीबुटीजस्ता स्थानीय प्राकृतिक सम्पदामाथीको सामूहिक स्वामित्व प्रदान गर !

** जनशक्तिलगायका अन्य आवश्यक भौतिक, आर्थिक र प्राविधिक साधन, श्रोत र सीपले सुसज्जित गर !!

* मिटर ब्याज, लघुबित्त र सहकारी ठगीमा परेका किसानहरुलाई अबिलम्ब त्यसबाट मुक्त गर ! ** किसान र कृषि उत्पादनलाई आत्मनिर्भर र उन्नत तुल्याउन व्यापक रोजगारी पैदा गर !!

* किसान बचाऔं, देश बचाऔं, राष्ट्रिय स्वत्व, अस्तित्व र स्वाधीनतालाई सुदृढ तुल्याऔं !

** पौष ११ गते माओ दिवसका अवसरमा राष्ट्रिय किसान एकता भेला भव्यरुपमा सम्पन्न गरौं !!

४. अर्को चरणमा यस प्रकारका  अभियानहरू क्रमशः महिला, मजदुर, युवा-विद्यार्थी, बुद्धिजीवीलगायतका वर्ग र समुदायका बीचमा पनि  जारी राख्ने निर्णय पनि भएको छ ।

यसक्रममा आगामी मार्च ८ (फागुन २४) मा महिलामुक्ति दिवससँगै महिलाहरुको राष्ट्रिय एकता भेला, मई १ (वैशाख १८) मे दिवस ( मजदुर मुक्ती दिवस) सँगै मजदुरहरुको राष्ट्रिय एकता भेला र जुन १८ (असार ४) मा समाजबादी साहित्यकार गोर्की दिवससँगै बुद्धिजीवीहरुको राष्ट्रिय एकता भेला ऐतिहासिक रुपमा सम्पन्न गर्ने योजना पनि बैठकले बनाइएको छ । यी समग्र कार्यक्रमहरुका सन्दर्भमा प्रमुखताका साथ यी केही आधारभूत नाराहरु उठाउने पनि बैठकले तय गरेको छ :

* शिक्षा-स्वास्थ्य र रोजगार : जनताको मौलिक अधिकार ! ** कृषि, उद्योग र जलश्रोत देसविकासको मूल आधार !!

* सबैखाले वर्गीय शोषण र समाजिक उत्पीडनबाट मुक्त होऔं ! ** देस र जनताको सुरक्षित र सार्थक भबिष्यको ग्यारेण्टी गरौँ !!

यी र यस्तै कार्यक्रम र नाराहरुमार्फत देशलाई प्रतिगमन, यथास्थितिबाद र साम्राज्यबादका बिरुद्ध राष्ट्रिय साझा सरोकारको अग्रगमनको आन्दोलनमा केन्द्रित गर्ने समेत निर्णय बैठकले लिएको छ ।

नेपालको वर्तमान गम्भीर अवस्थाबारे बैठकले निम्न निष्कर्ष निकालेको छः

  • हालको जेनजी आन्दोलन जनआक्रोशको स्वाभाविक अभिव्यक्ति हो, तर यसलाई देसी–विदेसी प्रतिकृयाबादी शक्तिहरुले हत्या, आगजनी, तोडफोड र लुटपाटमार्फत दुरुपयोग गरेका छन्। यसले राज्यलाई असफल देखाएको छ र देशलाई अभूतपूर्व संकटमा धकेलेको छ।
  • तत्कालीन सत्ताधारीहरुको भ्रष्टाचार, कुशासन र बाह्य शक्तिप्रति लम्पसार प्रवृत्तिले जनआक्रोशलाई जन्म दिएको हो। आन्दोलनमाथि गरिएको क्रूरतम दमन र त्यसपश्चात् हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सत्ताधारी शक्तिहरुले लिनैपर्छ बैठकले निष्कर्श निकालेको छ।
  • प्रतिगमन, यथास्थितिवाद र साम्राज्यवादविरुद्ध रहेका सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु एकताबद्ध भई राष्ट्रिय अस्तित्व र सार्वभौमिकताको रक्षा गर्न मोर्चाबद्ध हुनुपर्ने सर्बोपरी राष्ट्रिय आवश्यकता उत्पन्न भएको बैठकले बिश्लेषणा गरेको र एकताबध्द भएर अघि बढ्न बैठकले बिशेष जोड दिइएको छ।
  • एमसीसी, एसपीपी जस्ता घातक राष्ट्रबिरोधी सम्झौता तथा १९५० को भारतसँगका असमान सन्धि सम्झौता लगायतका राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज गरी समानतामा आधारित नयाँ सम्झौता कायम गर्न तथा छिमेकी र शक्तिराष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
  • अन्ततः, राजनीतिक अस्थिरताको अन्त्य गर्न देश र जनताको रक्षा गर्न नसक्ने असफल संसदीय ब्यबस्थाबाट मुक्ति संक्रमणकालीन चरणमा देशलार्इ सही दिशा दिन  हाललार्इ देश र जनताप्रति चिन्तित तथा संघर्षशील शक्तिहरू  सर्वपक्षीय राष्ट्रिय भेला गरी प्रगतिशील राष्ट्रिय स्वाधीन सरकार गठन गर्ने, जनसंविधान पुनर्लेखन गर्ने र स्थिरता तथा विकासको आत्मनिर्भर आधार निर्माण गर्ने नीति र बिधिमा  ब्यापक छलफल र समयोचित निष्कर्शका लागि बैठकले महत्वपूर्ण प्रस्ताब अघि सारेको छ, धन्यबाद ।

 

 

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

१० घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक