नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मार्क्सवादी) अलगअलग हुँदै हालै सम्पन्न गरेका बैठकका निम्न निर्णयहरुलाई दुवैले स्वामित्व ग्रहण गर्ने सहमति भएअनुसारका केही तात्कालिक जरुरी महत्वका निर्णय र कार्यक्रमहरु यसप्रकार छन् :
१. सिङ्गो नेपाल र किसान, मजदुरलगायतका सम्पूर्ण शोषित-पीडित वर्ग र समुदायहरुको स्वाधीनता र प्रगतिको लागि विश्वस्तरमा अकाट्य प्रमाणित सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओविचारधारा हो । यसैको सैद्धान्तिक र सिर्जनात्मक आलोकमा नेपाल कम्यनिष्ट पार्टीका संस्थापक वैचारिक नेता कमरेड पुष्पलालका वस्तुवादी र क्रान्तिकारी नीति र कृतिका वरीपरी गोलवन्द भै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको पुनर्गठनमा सकृय रहेका नेपालका दुई कम्युनिस्ट पार्टीहरु क्रमशः नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट पार्टीको गत २०८२ भाद्र ३० गते तदनुरुप १५ सेप्टेम्बर २०२५ मा ऐतिहासिक एकता घोषणा भएको थियो । तत्पश्चात आज पुन: नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्यिनष्ट पार्टी (मार्क्सबादी)का बीच एकीकृत भइ नेपाल कम्युनिस्ट पार्टीको पुनर्निर्माण भएकोछ । यो एकता अघी नेपाल कम्युनिस्ट पार्टीको गत साता ढल्केबर धनुषामा भएको केन्द्रीय समितिको प्रथम बैठकका केही निर्णयहरु र नेकपा ( मार्क्सवादी) को गत २२ गते काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकका केही निर्णयहरु आवश्यक र सामयिक भएकाले तिनलाई नवनिर्मित नेकपाले स्वामित्व लिई औपचारिकरुपमा सार्वजनिक गर्न हामी अहिले यहाँ उपस्थित छौं ।
२. बैठकले प्रथमतः प्रष्ट बिचार, सिद्धान्त र नीतिका आधारमा गरिएको यो पार्टी एकतालाई सुदृढ, सबल र विस्तार गर्दैजाने महत्वपूर्ण निर्णय लिएको छ । यससन्दर्भमा पार्टीको एकतालाई बचाइराख्न लेनिनको “छलफलमा स्वतन्त्रता र कामकाजमा एकरुपता” को सिद्धान्त अनुसार कमरेड पुष्पलालले अवलम्बन गरेको ‘पार्टीभित्र आफ्ना विचारहरु खुलस्त राख्ने तर पार्टीको एकतालाई नतोड्ने’ जस्तो क्रान्तिकारी परम्परा र संस्कारलाई दृढतापूर्वक अवलम्बन गर्दै अझ उच्चरुपमा विकास गर्ने प्रण समेत गरेको छ ।
३. यसै क्रममा मानवजातिकै जीवनदायी शक्ति, नेपाली नयाँ जनबादी आन्दोलनको मेरुदण्ड र नेपाली राष्ट्रियताको सच्चा पहरेदार नेपाली शोषित-पीडित गरीव-दुखी किसानहरु नै भएकाले यिनको मुक्ती र प्रगतिको लागि बैठकबाट ‘किसानसँग नेकपा : सच्चा राष्ट्रिय एकता’ भन्ने अभियान चलाउने तथा किसान र कृषि समस्या समाधानका लागि निष्कर्षमूलक र परिणामदायी अन्तरक्रियाहरु गर्ने र किसान घरदैलो अभियान चलाउनेजस्ता महत्वपूर्ण निर्णयहरु लिइएको छ । यस अन्तरगत निम्न नारा तय गरिएका छन् : * किसानलाई जमिन, जल, जंगल, जटीबुटीजस्ता स्थानीय प्राकृतिक सम्पदामाथीको सामूहिक स्वामित्व प्रदान गर !
** जनशक्तिलगायका अन्य आवश्यक भौतिक, आर्थिक र प्राविधिक साधन, श्रोत र सीपले सुसज्जित गर !!
* मिटर ब्याज, लघुबित्त र सहकारी ठगीमा परेका किसानहरुलाई अबिलम्ब त्यसबाट मुक्त गर ! ** किसान र कृषि उत्पादनलाई आत्मनिर्भर र उन्नत तुल्याउन व्यापक रोजगारी पैदा गर !!
* किसान बचाऔं, देश बचाऔं, राष्ट्रिय स्वत्व, अस्तित्व र स्वाधीनतालाई सुदृढ तुल्याऔं !
** पौष ११ गते माओ दिवसका अवसरमा राष्ट्रिय किसान एकता भेला भव्यरुपमा सम्पन्न गरौं !!
४. अर्को चरणमा यस प्रकारका अभियानहरू क्रमशः महिला, मजदुर, युवा-विद्यार्थी, बुद्धिजीवीलगायतका वर्ग र समुदायका बीचमा पनि जारी राख्ने निर्णय पनि भएको छ ।
यसक्रममा आगामी मार्च ८ (फागुन २४) मा महिलामुक्ति दिवससँगै महिलाहरुको राष्ट्रिय एकता भेला, मई १ (वैशाख १८) मे दिवस ( मजदुर मुक्ती दिवस) सँगै मजदुरहरुको राष्ट्रिय एकता भेला र जुन १८ (असार ४) मा समाजबादी साहित्यकार गोर्की दिवससँगै बुद्धिजीवीहरुको राष्ट्रिय एकता भेला ऐतिहासिक रुपमा सम्पन्न गर्ने योजना पनि बैठकले बनाइएको छ । यी समग्र कार्यक्रमहरुका सन्दर्भमा प्रमुखताका साथ यी केही आधारभूत नाराहरु उठाउने पनि बैठकले तय गरेको छ :
* शिक्षा-स्वास्थ्य र रोजगार : जनताको मौलिक अधिकार ! ** कृषि, उद्योग र जलश्रोत देसविकासको मूल आधार !!
* सबैखाले वर्गीय शोषण र समाजिक उत्पीडनबाट मुक्त होऔं ! ** देस र जनताको सुरक्षित र सार्थक भबिष्यको ग्यारेण्टी गरौँ !!
यी र यस्तै कार्यक्रम र नाराहरुमार्फत देशलाई प्रतिगमन, यथास्थितिबाद र साम्राज्यबादका बिरुद्ध राष्ट्रिय साझा सरोकारको अग्रगमनको आन्दोलनमा केन्द्रित गर्ने समेत निर्णय बैठकले लिएको छ ।
नेपालको वर्तमान गम्भीर अवस्थाबारे बैठकले निम्न निष्कर्ष निकालेको छः
- हालको जेनजी आन्दोलन जनआक्रोशको स्वाभाविक अभिव्यक्ति हो, तर यसलाई देसी–विदेसी प्रतिकृयाबादी शक्तिहरुले हत्या, आगजनी, तोडफोड र लुटपाटमार्फत दुरुपयोग गरेका छन्। यसले राज्यलाई असफल देखाएको छ र देशलाई अभूतपूर्व संकटमा धकेलेको छ।
- तत्कालीन सत्ताधारीहरुको भ्रष्टाचार, कुशासन र बाह्य शक्तिप्रति लम्पसार प्रवृत्तिले जनआक्रोशलाई जन्म दिएको हो। आन्दोलनमाथि गरिएको क्रूरतम दमन र त्यसपश्चात् हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सत्ताधारी शक्तिहरुले लिनैपर्छ बैठकले निष्कर्श निकालेको छ।
- प्रतिगमन, यथास्थितिवाद र साम्राज्यवादविरुद्ध रहेका सबै सच्चा क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु एकताबद्ध भई राष्ट्रिय अस्तित्व र सार्वभौमिकताको रक्षा गर्न मोर्चाबद्ध हुनुपर्ने सर्बोपरी राष्ट्रिय आवश्यकता उत्पन्न भएको बैठकले बिश्लेषणा गरेको र एकताबध्द भएर अघि बढ्न बैठकले बिशेष जोड दिइएको छ।
- एमसीसी, एसपीपी जस्ता घातक राष्ट्रबिरोधी सम्झौता तथा १९५० को भारतसँगका असमान सन्धि सम्झौता लगायतका राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज गरी समानतामा आधारित नयाँ सम्झौता कायम गर्न तथा छिमेकी र शक्तिराष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
- अन्ततः, राजनीतिक अस्थिरताको अन्त्य गर्न देश र जनताको रक्षा गर्न नसक्ने असफल संसदीय ब्यबस्थाबाट मुक्ति संक्रमणकालीन चरणमा देशलार्इ सही दिशा दिन हाललार्इ देश र जनताप्रति चिन्तित तथा संघर्षशील शक्तिहरू सर्वपक्षीय राष्ट्रिय भेला गरी प्रगतिशील राष्ट्रिय स्वाधीन सरकार गठन गर्ने, जनसंविधान पुनर्लेखन गर्ने र स्थिरता तथा विकासको आत्मनिर्भर आधार निर्माण गर्ने नीति र बिधिमा ब्यापक छलफल र समयोचित निष्कर्शका लागि बैठकले महत्वपूर्ण प्रस्ताब अघि सारेको छ, धन्यबाद ।


