काठमाडौं । सिराहा, सिरहा नगरपालिका-७ ट्राफिक चोक बस्ने २६ वर्षीय जिवनेश्वर यादवको घरमा सोमबार दिउँसो लागेको आगो फैलिएर उनकै दाई ३५ वर्षीय जिवछ यादवको घर र सोही ठाउँ बस्ने ४७ वर्षीय राम कुमार यादवको घरमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब १ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबजारमा सोही गाउँपालिका-४ बस्ने २६ वर्षीय पप्पु यादवले संचालनको गरेको कम्प्युटर पसलमा सोमबार बेलुकी आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


