काठमाडाैं । साताकाे दाेश्राे दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ।
आज सुन प्रतितोला ५०० रुपैयाँका दरले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेकाे छ। चाँदी प्रतितोला २० रुपैयाँले बढेको हाे। आज चाँदी प्रतितोला ३ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो।


