मङ्ल, माघ ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टेलिकमको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
टेलिकमको बिलिङ प्रणालीबाट चौथो पटक टेन्डरको म्याद थप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

कुल सञ्चालन आय यो त्रैमासिकमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार रुपैयाँ कम हो। त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाख रुपैयाँले घटेको छ। आयमा गिरावटसँगै टेलिकमको नाफा पनि कम भएको छ। उक्त अवधिमा कम्पनीको करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिभन्दा १२.२९ प्रतिशतले कम हो। करअघि नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेको छ। प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ।

विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको कम्पनीको बुझाइ छ । अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। त्यस्तै, बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको टेलिकमले जनाएको छ।

t कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको कम्पनीले उल्लेख गरेको छ। यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८.८ करोड रुपैयाँ अतिरिक्त बढेको छ। Nabil bank राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने संस्थाका रूपमा टेलिकमले दुर्गम र विकट क्षेत्रमा समेत सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक