काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो ।
जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले उक/एक विकेट लिए ।


