आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेस फुटको संकेत

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
कांग्रेस फुटको संकेत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै निष्कर्षमा पुग्न सकिरहेको छैन । महाधिवेशन कि विषेश महाधिवेशन, संसद पुनःस्थापना कि निर्वाचन जस्ता मुद्दामा टुंगोमा पुग्न नसक्दा कांग्रेसभित्र चरम गुटबन्दी देखिएको छ ।

अनिर्णयको बन्दी बनिरहेको कांग्रेसका नेताहरुले केन्द्रीय समितिको बैठक भन्दापनि गुटको बैठकलाई बढी महत्व दिइरहेका छन् । पार्टीभित्रका यस्ता परिदृश्यहरुले कांग्रेस फुटको संघारमा त पुग्ने होइन भन्ने विश्लेषण समेत हुन थालेको छ ।

एकमहिना यतादेखि जारी कांग्रेस केन्द्रिय समितिको बैठक निकर्षतिर पुग्ने कुनै छाँटकाँट छैन । गगन समुहले जसरी पनि निर्वाचन अगाडि महाधिवेशन र त्यसपछि मात्रै निर्वाचन भन्नेमा अडान राखिरहेको छ । तर देउवा पक्ष भने निर्वाचनपछि महाधिवेशन भनिरहेको छ ।

कांग्रेसमा अर्काे तेस्रो धार पनि बलियो बन्दै गइरहेको छ जसले संसद पुर्नस्थापना र नियमित महाधिवेशनको मुद्दा चर्काइरहेको छ । कतिपयले झिनो स्वरमै भएपनि हिन्दु राज्य र राजसंस्थाको मुद्दामा समेत बहस छेडिरहेका छन् । कांग्रेस अहिले ५ चिरामा छ ।

गगन थापा, डा. शेखर कोइराला, पुर्णबहादुर खड्का, शंकर भण्डारी र राजन केसीसँगै अर्जुन जोशी लगायतका नेताहरु फरक फरक समुहको नेतृत्व गरी रहेका छन् । कांग्रेसमा अहिले सानो सानो झुण्डमा बसेर केन्द्रीय सदस्यहरुले फरक फरक मत अगाडि बढाएकै कारण बैठक निकर्षमा पुग्न सकिरहेको छैन ।

निर्वाचन अगाडि महाधिवेशन गर्नु पर्ने गगन समूहको मागलाई देउवा समुहका दोस्रो तहका नेताहरुले अरु समुहका नेताहरुसगँ संवाद बढाउँदै एकै ठाउँमा उभिएर केन्द्रीय समिति बैठकमा त्यसको पक्ष वा विपक्षमा मतदान गर्न लगाउने गरी अगाडी बढ्ने तयारी गरेका छन् ।

जसमा बिमलेन्द्र निधि, प्रकाशमान् सिंह, कृष्णप्रसाद सिटौंला सहितका नेताहरुले समेत साथ दिएका छन् । गगन समुहले राखेको प्रस्तावा मतदान गर्ने हो भने बहुमत सदस्यबाट अस्वीकृत हुने निश्चित छ । यसलाई गगन समूहले संस्थापनको भन्दा फरक मत राख्नेहरुलाई पार्टीबाट निष्काशनको रणनीति र पार्टी फुटको संकेतको रुपमा लिएको छ ।

मुलुकको विद्यमान संकट कसरी टार्ने भन्ने तर्फ कांग्रेसको ध्यान हुनु पर्नेमा नेताहरु असक्षम हुदाँ कांग्रेस आफै दुर्घटनातर्फ अगाडि बढेको तरुण दलका सभापति विद्वान गुरुङ्गको भनाइ छ । नेताहरुा पदमा कसरी पुग्ने भन्नेतर्फ मात्रै अग्रसर भैरहेको भन्दै उनले आक्रोश पोखे ।

जेनजी आन्दोलन लगत्तै देउवा समूह ३ टुक्रा बनेको थियो । तर अहिले तीनतर्फ फर्किएका नेताहरु पुनः एकै समुहमा गोलबद्ध हुन प्रयासरत छन् । शनिबार मात्रैपनि उनीहरु ललितपुर स्थित हिमालय होटलमा छलफलमा जुटेका थिए ।

त्यसपछि उनीहरुले निर्वाचनपछि महाधिवेशन भन्ने मुद्दा बोकेर अगाडी बढ्ने वा पहिला संसद पुर्नस्थापना गरेर महाधिवेशन गर्ने भन्ने बिषयमा छलफल गरेका थिए । उनीहरुको छलफलबाट कुनै निश्कर्ष त निस्किएको छैन । तर गगन पक्षले अगाडी सारेको निर्वाचन अगाडी महाधिवेशन भन्ने मुद्दामा समर्थन नगर्ने निर्णय भएको बैठकमा सहभागी नेता बताउँछन् । गगन समुहलाई पेल्दा पार्टी नै फुट्ने त होइन भन्ने प्रश्नमा देउवा समुहका नेताले यस्तो प्रतिक्रिया दिन्छन् ।

महाधिवेशनको मिति तत्काल कायम हुनु पर्ने नत्र विशेष महाधिवेशन गर्नु पर्ने बताएको गगन समुह अहिले कांग्रेसमा चेपुवामा परेको छ ।

उनीहरुले उठाएको मुद्दा केन्द्रीय समितिको बैठकमा पक्षमा वा विपक्षमा मतदान गर्नेतर्फ संस्थापन पक्ष अगाडि बढे त्यसले पार्टीलाई विभाजनमा ल्याउने र कांग्रेसमा फुट आउने गगन समुहको दाबी छ । त्यसैले पक्ष वा विपक्षमा भन्दै छिनोफानो गर्नुभन्दा अहिलेको आवश्यकतालाई बुझेर निर्णय गर्नु राम्रो हुने उनीहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक