शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकतापछि नेकपाले भन्यो– ‘भारतिय टाउको र अमेरीकी हातखुट्टावाला सरकार घातक’

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
एकतापछि नेकपाले भन्यो– ‘भारतिय टाउको र अमेरीकी हातखुट्टावाला सरकार घातक’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्कसवादी)बीच पार्टी एकता भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा आयोजित एकता घोषणा कार्यक्रममा नेताहरुले देश गम्भीर संकटमा गएको भन्दै क्रान्तिकारी कम्युनिस्टहरुबीच धुर्विकरण गरेर देशलाई निकास दिने उद्घोष गरेका छन् ।

लोक नारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अम्बिकाप्रसाद थैब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी)बीच पार्टी एकता भएको हो । एकता भएलगत्तै पार्टीका संयोजक लोकनारायण सुवेदीले ‘नेकपा’ नाममा प्रचण्डले बलमिच्याइँ गरेकोमा आपत्ति जनाए । ‘नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो, प्रचण्डले बलमिच्याईँ गरे अब हामी सर्वोच्च अदालत जान्छौं’ नेता सुवेदीले भने ।

उनले जेन्जी विद्रोहको बलमा बनेको सरकार जनताको पक्षमा नरहेको जिकिर गर्दै भने, “भारतीय टाउको र अमेरिकी हातखुट्टावाला वर्तमान सरकार देशको हितका लागि भन्दा विदेशीको सेवामा समर्पित भएको प्रष्ट छ ।”
“यस्तो विषम परिस्थितिमा पुष्पलालका वास्तविक अनुयायी हामीहरु एक भएकाछौं । यो समयको माग हो र सबै एक भएर देश र जनतालाई विदेशी हैकमबाट मुक्त गर्दै स्वाधीन राष्ट्र बनाउन प्रतिबद्ध रहेकाछौं,” सुवेदीले थपे ।
नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी)का अध्यक्ष अम्बिकाप्रसाद थैबले देशको वर्तमान राजनीतिक संकट र वर्गसंघर्षलाई मध्यनजर गरेर आजको आवश्यकता अनुसार एकता गरेको बताएका छन् ।

एकतापछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहेको संयोजक लोकनारायण सुबेदीले बताए । पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद–माओविचारधारा राखिएको पनि पार्टीले
जनाएको छ ।
वर्तमान संसदीय व्यवस्था र दलाल पुँजीवादी व्यवस्था राष्ट्रिय स्वाधीनताविरोधी हुनुका साथै जनविरोधी भएकोले सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुसँग एकता गरेर अगाडि बढ्ने संयोजक लोकनारायण सुवेदीले बताए ।
नेकपा सचिवालय सदस्य सरणविक्रम मल्लले नेपालका कम्युनिस्टहरु अबको समयमा एक नभए देश झन संकटमा जाने चिन्ता व्यक्त गरे ।
सो कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य दिनेश शर्मा, नेकपा माक्र्सवादी पुष्पलालका पिविएम अच्यूत ज्ञवाली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य माधव गौतम, नेकपा क्रान्तिकारी केन्द्र संयोजन मण्डलका सदस्य इन्दिरा अधिकारी, नेकपा सचिवालय सदस्य महादिप पोखरेल, एकता प्रक्रियामा समोल भएको नेकपा(माक्र्सवादी)का महासचिव युवराज कफ्ले, स्वतन्त्र व्यक्तित्व टंक पोखरेल र छविलाल घिमिरेगायतले एकताको अपरिहार्यतालाई आत्मसाथ गर्दै धुर्विकरणमा सामेल हुनुपर्ने सुझाए ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसको बैठक सानेपामा जारी

४ घण्टा अगाडि
आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक