शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पार्टी एकता बारे राई र यादवसँग छलफल

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
जसपाबाट अशोक राई शिक्षामन्त्री बन्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अशोक राई नेतृत्वको जसपाले नेपाली कम्युनिस्ट पार्टीसँगसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि एकताबारे छलफल चलाएको छ ।

ती छलफलका प्रगतिबारे सामूहिक छलफल गर्न जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकबाट आगामी चुनावमा कोसँग मिलेर जाने भन्नेबारे निर्णय गर्ने जसपा अध्यक्ष अशोक राईले जनाए ।

‘हामी नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टीसँग छलफलमा छौं,’ राईले अनलाइनखबरसँग भने, ‘आगामी चुनावमा एकता वा मोर्चाबन्दी कसरी जाने भनेर छलफल गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छौं ।’

नेकपा एमालेको उपाध्यक्ष भएका बेला २०६९ सालमा पार्टी परित्याग गरेर राईले संघीय समाजवादी पार्टी गठन गरेका थिए । २०७२ जेठमा उनले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरमसँग एकता गरेर संघीय समाजवादी फोरम नेपाल पार्टी बनाएका थिए ।

मतभेदपछि उनले २०८१ वैशाख २३ गते उपेन्द्र यादवको साथ छोडेर आफ्नै अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा) गठन गरेका थिए ।

जेनजी विद्रोहपछि दलहरुबीच एकता र ध्रुवीकरण चलिरहेका बेला प्रचण्ड र माधव नेपालले एकता प्रक्रियामा आउन अशोक राईलाई प्रस्ताव राखेका थिए । तर त्यतिबेला अशोक राई एकता गएनन् ।

शनिबार भने नेपाली कम्युनिस्ट पार्टीसँगको एकता छलफलमा जसपा नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । सो छलफलमा सहभागीपछि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपासँग सैद्धान्तिक र वैचारिक विषयमा छलफल भएको र छलफल सकारात्मक दिशामा गएको  जनाए ।

राजेन्द्र श्रेष्ठसँग भने  सम्पर्क प्रयास सफल भएन । तर, जसपा अध्यक्ष अशोक राईले भने नेपाली कम्युनिस्ट पार्टीसँगको छलफलको प्रगतिबारे आफूले ब्रिफिङ लिन बाँकी रहेको बताए ।

नेपाली कम्युनिस्ट पार्टीसँगै जसपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिँदै उनले ती सबै छलफलको निचोडबारे भोलि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने जनाए ।

‘कुन पार्टीसँग कस्तो खालको छलफल भयो, कुन नजिक-टाढा भयो भन्ने विषयमा भोलिको बैठकमा छलफल गरेर आवश्यक निर्णय गर्छौं’, राईले भने ।

जसपा नेपालका प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पनि जसपासँग पार्टी एकताबारे छलफल भएको पुष्टि गरे । उनले कम्युनिस्ट पार्टीसँग भन्दा जसपा नेपालसँग विचार, सिद्धान्त र एजेण्डामा नजिक रहेको बताए ।

‘अशोक राईजीले पहिले कम्युनिस्ट छोडिसकेकाले फेरि कम्युनिस्टतिर जाने अप्रिय निर्णय गर्नुहोला जस्तो मलाई व्यक्तिगत रुपमा लाग्दैन,’ बस्नेत भन्छन्, ‘उहाँहरुको विचार र एजेन्डा मिल्ने हामी जसपा नेपालसँगै हो । त्यसैले हामीसँग एकता गर्दा नै उहाँहरुलाई राम्रो हुन्छ भन्ने लाग्छ ।’

यो पनि पढ्नुहोस्

मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

४६ मिनेट अगाडि

साफ महिला क्लब च्याम्पियनसिप फुटबलमा एपीएफ एफसी र ट्रान्सपोर्टबीच बराबरी खेल्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक